छाउगोठ भत्काउँदै प्रहरी

छाउगोठ भत्काउँदै प्रहरी

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा रहेका दर्जन बढी छाउगोठ प्रहरीले भत्काएका छन् । प्रहरी चौकी आलितालबाट खटिएका प्रहरीले जननप्रतिनिधि र स्थानीयको सहयोगमा वडा नं ७ मा रहेका दर्जन छाउगोठ भत्काएको प्रहरी सहायक निरीक्षक कोमलप्रसाद जोशीले बताए ।

प्रहरीले कुप्रथाका रुपमा रहेको छाउपडीका विषयमा सचेतना कार्यक्रम संचालन गरी गोठ भत्काउन सुरु गरेको हो। डडेल्धुराका भित्रिमदेशमा रहेका छाउगोठ प्रहरीले भत्काएको हो।

सोमबार प्रहरी सहायक निरीक्षक जोशीको नेतृत्वमा खटिएको टोलिले आलिताल ७ बलौचा र चिनीगौडामा रहेका १२ वटा छाउपडी गोठ भत्काएको बताए । गतसाता इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरीक्षक जनकबहादुर मल्लको नेतृत्वमा गएको प्रहरी टोलीले आलिताल गाउँपालिका ६ धिमडाका २ दर्जन घरपरिवारले प्रयोगमा ल्याएका ११ वटा छाउगोठ भत्काएको थियो  ।

सामुदायिक साझेदारी कार्यक्रमअन्र्तगत स्थानीय तथा प्रहरीको सक्रियता र जनप्रतिनिधिको सहयोगमा उक्त छाउगोठहरु भत्काइएका हुन् । छाउगोठ भत्काउने सो अभियानमा आलिताल गाउँपालिकाले सहयोग गरिरहेको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए ।

मानिसको सोचाइमा परिवर्तन नआएसम्म छाउपडी प्रथा हट्न मुस्किल रहेको भएपनि समाजका अगुवा र बुद्धिजीविले भने साथ दिइ रहेको अध्यक्षले बताए । छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुने र देउता रिसाउँछ भन्ने अन्धविश्वासका कारण महिला छाउगोठमा बस्न वाध्य छन् । महिनावारी अर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरोलाई छाउगोठ भनिन्छ।

आफ्नो गाउँपालिकामा छाउपडीप्रथा अन्त्य गर्न तथा छाउगोठ भत्काउन प्रत्येक वडामा छाउपडी सम्बन्धी जनचेतना जगाउने काम भइरहेको गाउँपालिका उपाध्यक्ष जाला बोगटीले बताइन् । छाउगोठ भत्काउने क्रममा केही बुढापाकाले गुनासो गरेपनि नयाँ पुस्ताले भने सो कार्यलाई आफूखुसी सहयोग गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । 

मुलुकी अपराध संहितामा महिला रजश्‍वला भएको अवस्थामा छाउगोठमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र  तीन हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रशाद पौडेलले वताए । 

समाजिक कुप्रथाको रुपमा रहेको छाउपडी प्रथाका कारण गोठमा बस्दा बर्षेनि किशोरी र महिलाले ज्यान गुमाउनु परेको छ ।भित्रिमदेशमा मात्रै नभई डडेल्धुराका अन्य क्षेत्रमा पनि छाउपडी र छुवाछुत कायमै छ । छाउपडी र छुवाछुत कै कारण महिला विभिन्न हिंसामा पर्ने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.