प्रदेश १ बाट प्रहरीका दुई असई बने सर्वोत्कृष्ट

प्रदेश १ बाट प्रहरीका दुई असई बने सर्वोत्कृष्ट

विराटनगर : प्रदेश १ बाट नेपाल प्रहरीका दुई असई (प्रहरी सहायक निरीक्षक) कार्य सम्पादन मूल्यांकनबाट सर्वोत्कृष्ट बनेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत दुर्गा पोमु लिम्बू र प्रदेश प्रहरी कार्यालय विराटनगरको क्षेत्रीय अनुसन्धान समूह (रिट) मा कार्यरत किरण मोक्तानलाई सर्वोत्कृष्ट घोषित गर्दै पुरस्कृत गरिएको छ । दुवैजनालाई पुस महिनाको 'बेष्ट पुलिस अफ दी मन्थ' उपाधिबाट सम्मानित गरिएको छ । 

अवैध हातहतियारसहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका कारण दुवैजना असईलाई सर्वोत्कृष्ट घोषित गर्दै पुरस्कृत गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बताए । 

उनका अनुसार सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति दिलाउँदै प्रहरीको छवि उच्च बनाउन गरेको प्रशंसनीय कार्यको उच्च मूल्यांकन गर्ने क्रममा लिम्बू र मोक्तान सर्वोत्कृष्ट ठहरिएका हुन् । 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्य गर्ने प्रहरी मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट घोषित गर्दै आएको छ । सर्वोत्कृष्ट हुनेलाई पुरस्कृत गरी सर्वोत्कृष्ट कार्यको विवरणसहितको 'फ्लेक्स प्रिण्ट' प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा प्रदेश भित्रका 'क' स्तरसम्मका इलाका प्रहरी कार्यालयमा एक महिनासम्म राखिँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.