एमसीसी अनुमोदन हुन्छ : मन्त्री ढकाल

एमसीसी अनुमोदन हुन्छ : मन्त्री ढकाल

डडेलधुरा : संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोद हुने बताएका छन्।

मंगलबार अमरगढी नगरापलिकाले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा मन्त्री ढकालले एमसीसी कुनै सैन्य प्रयोजना नभएकाले संसदबाट पास हुने बताएका हुन्। माघ १२ गते संसदले सभामुख पाएपछि सरकारले एसीसीको फाइल संसदमा पेश गर्ने र संसदबाट पास हुने उनको दाबी छ। 

‘एमसीसी परियोजना कुनै सैन्य परियोजना होइन, हातहतियार, बारूद र सशस्त्र बलसँग यसको कुनै संलग्नता छैन’, उनले भने, ‘एमसीसी विकास परियोजना हो। नेपालको लागि आवश्यक पनि छ।’ 

डडेलधुरा अस्पतालको निरीक्षण 
स्वास्थ्य तथा जनङख्यामन्त्री ढकालले संघीय सरकारमा मातहतमा रहेका डडेलधुरा अस्पतालको निरीक्षण गरेका छन्। मंगलबार बैतडीमा ट्रमा सेन्टरको सभाव्यता अध्ययन गर्न जाने क्रममा अस्पतालको निरीक्षण गरेका हुन्। 

सँगै नागरिक समाज डडेलधुराले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अस्पतालमा तत्काल दरबन्दी अनुसारका डाक्टर पठाउन अनुरोधसहित ज्ञापन पत्र बुझाएका छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.