भक्तपुरका सम्पदा संरक्षणमा बेल्जियम राजकुमारीको चासो

भक्तपुरका सम्पदा संरक्षणमा बेल्जियम राजकुमारीको चासो

भक्तपुर : नेपाल भ्रमणमा रहेकी बेल्जियमका राजकुमारी एस्ट्रिडले भूकम्पले भत्काएको भक्तपुरका सम्पदाको संरक्षणमा चासो व्यक्त गरेकी छन्।

सातदिने नेपाल भ्रमणका क्रममा मंगलबार बिहान भक्तपुर पुगेकी उनले भूकम्पले भत्काएका भक्तपुरका सम्पदाको संरक्षणको लागि नेपाल सरकार र विदेशी दातृ राष्ट्रले सहयोग गरेको छ कि छैन भनी जिज्ञासा राखेकी थिइन्।

भक्तपुर दरबार क्षेत्रको अवलोकनको क्रममा राजकुमारी एस्ट्रिडले भक्तपुर नपाका प्रशासन प्रमुख दामोदर सुवालसँग प्रश्न गरिन्, ‘भूकम्पले भत्काएका यहाँका सम्पदा संरक्षण गर्न नेपाल सरकार र विदेशी दातृराष्ट्रले सहयोग गरेका छन् कि छैनन् ?’

प्रशासन प्रमुख सुवालले राजकुमारी एस्ट्रिडलाई भक्तपुरको ऐतिहासिक, पुरातात्विक महत्वसँगै यहाँका कला–संस्कृति र सम्पदाबारे ब्रिफिङ गरेका थिए।

भक्तपुर नपाको तर्फबाट आधिकारिक ब्रिफिङ गरेका सुवालले राजकुमारी एस्ट्रिडलाई नेपाल सरकारले पुरातत्व विभागमार्फत भक्तपुरको सम्पदा संरक्षण गरिरहेको र यसबाहेक बाँकी सम्पदाको भक्तपुर नपा आफैले आत्मनिर्भर रुपमा संरक्षण गरिरहेको जानकारी दिएको बताए।

जर्मन सरकारले भक्तपुरका सम्पदाहरुको पुनर्निर्माण गर्न भक्तपुरलाई एकसय करोड युरो आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो तर जर्मन सरकारअन्तर्गतको केएफडब्ल्यूको सर्त मान्न नसकिने भन्दै भक्तपुर नपाले उक्त सहयोग अस्वीकार गरेको थियो। जर्मन सरकारले राष्ट्रिय कला संग्रहालय रहेको भक्तपुर दरबार क्षेत्रस्थित सिंहध्वाका दरबार, पाँचतले मन्दिर, दत्तात्रयस्थित पुजारीमठसँगै भक्तपुर दरबार क्षेत्रमा रहेका तीनवटा सरकारी विद्यालय पद्म, विद्यार्थी निकेतन र शारदा माध्यमिक विद्यालयको पुनर्निर्माण गर्ने प्रस्ताव गरेको थियो। 

भ्रमणका क्रममा बेल्जियमकी राजकुमारीले भक्तपुर नपाले आत्मनिर्भरतापूर्वक सम्पदा संरक्षण गर्दै आएकोमा खुसी व्यक्त गर्दै भक्तपुर नपाको प्रशंसा गरेको प्रशासन प्रमुख सुवालले जानकारी दिए।उनका अनुसार बेल्जियमकी राजकुमारीले भक्तपुरको दोस्रोपटक भ्रमण गर्ने इच्छा व्यक्त गरेकी छन्।

‘पहिलोपटक भक्तपुर पुग्नुभएका राजकुमारी भक्तपुरको सम्पदा संरक्षणबाट प्रभावित हुनुभयो’, प्रशासन प्रमुख सुवालले भने, ‘उहाँले पुनः भक्तपुरको भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभयो।’

भक्तपुर भ्रमणको क्रममा राजकुमारी एस्ट्रिड र उनी नेतृत्वको टोलीलाई भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीले भक्तपुर दरबार क्षेत्रस्थित खौमाद्वारमा स्वागत गरेका थिए।

बेल्जियमको प्रतिनिधिमण्डलको सम्मानमा भक्तपुर नपाले भक्तपुर दरबार क्षेत्रमा लाखे नाच र टौमढी क्षेत्रमा देवी नाच प्रदर्शन गरेको थियो। भ्रमणटोलीलाई टौमढीस्थित न्यू क्याफे न्यातापोलमा चियानास्ताको व्यवस्था गरिएको थियो। क्याफेमै बसेर राजकुमारी एस्ट्रिडले भक्तपुरको परम्परागत एवं मौलिक देवीनाच अवलोकन गरेकी थिइन्।

भ्रमणको क्रममा राजकुमारी एस्ट्रिडले भक्तपुर दरबार क्षेत्र र टौमढी क्षेत्रका विश्वसम्पदाहरुको अवलोकन गरेकी थिइन्।

राजकुमारी एस्ट्रिडसँगै बेल्जियमका राजकुमार लरेन्सले पनि भक्तपुर भ्रमण गरेका थिए। उनीहरुको साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेपालका लागि बेल्जियमका राजदूत एवम् सल्लाहकार जान माथिसेन, बेल्जियमका लागि नेपाली राजदूत आङ छेरिङ शेर्पालगायतको उपस्थिति रहेको थियो।


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.