सडक छेउका जीर्ण घरले त्रास
ललितपुुर । दुुईतिरबाट सवारी छिर्न मुुस्किल साँघुुरो सडक । ठूल्ठूला मालवाहक टिपर र बस ओहोरदोहोर गरिरहन्छन् । इँटा र माटोले बनेको पुराना घर टिपरले थर्किएर हल्लिन्छन् । सडक पेटीमा हिँड्ने बटुुवा, सवारी चालक सधैं त्रासमा यात्रा गर्छन् ।
ललितपुुर महानगरपालिकाको वडा २६ सुुनाकोठीदेखि चापागाउँसम्म ठाउँ–ठाउँमा अहिल्यै ढल्लान जस्ता देखिने सयौं घर छन् । यात्रु त त्रासमा हुन्छन् नै घरमा बस्ने बास पनि त्रासदीपूर्ण नै हुन्छ । यही बाटो हुुँदै टिकाभैरवबाट दिनहुुँ काठमाडौं आउजाउ गर्छन् सुुरेश योञ्जन । उनी भन्छन्, ‘चापागाउँ–सुुनाकोठीको बाटो हिड्नै डर लाग्छ, विकल्प पनि छैन ।’
ढुुंगा, रोडा, बालुुवा, दूधलगायत खाद्यवस्तु बोकेका सवारीहरूको पनि बाक्लै आवातजावत हुन्छ । योञ्जन भन्छन्, ‘यो सडक खण्डमा कुनै पनि बेला दुर्घटना हुने त्रास छ । हामी हिँड्दै गर्दा पनि ट्रक र ठूला सवारीको कम्पनले घर हल्लिरहेका हुन्छन् ।’
चापागाउँ शाही टोलका नन्दकिशोर शाहीलाई पनि पुुराना घर ढलेर दुुर्घटना हुुनसक्ने भय छ । सडकभन्दा केही भित्र छ उनको घर । तर त्यहीँबाट ओहोरदोहोर गरिहनुुपर्ने हुुन्छ । भित्रि बस्तीका बृद्धबृद्धाहरु सडक छेउछाउमा घाम ताप्न निस्किएका हुुन्छन् । सरकारले उपलब्ध गराउँदै आएको राहतले घर भत्काउन नपुुग्ने तर्क शाहीको छ ।
‘सडकछेउका धेरै बासिन्दाले रकम अभावमा घर भत्काउन सकेका छैनन्,’ उनले भने, ‘सरकारले घर र जग्गाको मुुआब्जा दिएपछि मात्र स्थानीय संरचना भत्काउनेवाला छन् ।’
२६ नम्बर वडाका अध्यक्ष सुुरेश महर्जनका अनुुसार उतm सडक बाइस मिटर बनाउन सरकारले टेण्डर गरेको थियो । तर मुुआब्जा विवादका कारण कसैले घर भत्काउन मानेनन् । हाल उतm सडक यथास्थितिमा कालोपत्रे गरिने भनिएको छ । सुुनाकोठी–चापागाउँ सडक ६–७ मिटरमात्र चौडाइ भएको उनले बताए ।
‘अबको करिब दुुई महिनाभित्र जस्तो छ त्यस्तै अवस्थामा सडकको स्तररोन्नति गरिने भनिएको छ । तर सडक द्धेउका घर भत्काउने सुरसारै छैन’, उनले भने । पटक–पटक कालोपत्रे थप्दै जाँदा सुुनाकोठी खण्डका सडक घरभन्दा माथि उठेकाले एक फिटजति खन्न लागिएको महर्जनले बताए । यो समस्या महानगरपालिकाको २६ देखि २७ वडासम्म यथावत छ । ‘यहाँमात्र करिब एक देखि डेढ सय घर भत्काउनुुपर्नै देखिन्छ,’ उनले भने ।
यस्तै, गोदावरी नगरपालिका खण्डको पुुराना बस्तीमा पनि समस्या उस्तै छ । नगरप्रमुुख गजेन्द्र महर्जनका अनुुसार चापागाउँ–सुुनाकोठी खण्डमा करिब ६ सय घर भत्काउनुपर्ने अवस्था छ । तर सरकारले मुुआब्जा दिन नसकेकै कारण जीर्ण घरहरू भत्काउन नसकेको उनले प्रष्ट्याए ।