रोजगारीका लागि ‘स्किल विक’

रोजगारीका लागि ‘स्किल विक’

काठमाडौं : ग्लोकल प्रालिको ग्लोकल आफ्टर स्कुल इकाइअन्तर्गत काठमाडांैमा स्किल विक फेस्ट कार्यक्रम चलिरहेको छ। सोमबारदेखि सुरु भएको कार्यक्रममा कलेज तथा शैक्षिक संस्थामा भेला भएका युवामा सीप तथा तालिम प्रदान गरिनेछ। स्किल विक आगामी आइतबार सम्पन्न हुनेछ।

रोजगार प्रदायक संस्थाहरू दक्ष कामदार नपाएको गुनासो गर्छन्। अर्कोतिर हजारौं युवा काम नपाएर बेरोजगारी समस्यासँग जुधिरहेका छन्। शिक्षा आर्जन गरेर सर्टिफिकेट हातमा भएका युवा काम पाउनबाट वञ्चित भएका हुन् कि उनीहरूले काम गर्न नसकेका हुन् ? कारण जेसुकै भए पनि रोजगारदाता र बेरोजगार युवाबीच तालमेल भएको देखिन्न।

करिब चार महिनापहिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा ग्लोकल प्रालिले स्किल फर फ्युचर जब इन नेपाल नामक रिसर्च गरेको थियो। आउने दिनमा कस्ता खालका काम उपलब्ध हुन्छन् ? त्यसका लागि आवश्यक जनशक्ति तयार छ कि छैन ? यी विषयमा खोजी गरिएको थियो। रिसर्चपछि आगामी दिनमा फिल्म, आर्ट एन्ड कल्चर, हस्पिटालिटी र टुरिजम, उद्यमशीलता, साइन्स र टेक्नोलोजीजस्ता विषयमा बढीभन्दा बढी जनशक्ति आवश्यक रहेको पत्ता लाग्यो।

ग्लोकल प्रालिले विगत पाँच वर्षदेखि युवाका विषयमा काम गर्दै आएको छ। ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुरका अनुसार युवालाई आशा जगाउन, सफल व्यक्तिका संघर्ष र सफलताका कथा सुनाउन, विशेषत सीप सिक्न सकिन्छ र सफल हुन सीप सिक्नु जरुरी छ भन्ने बुझाउन स्किल विक कार्यक्रम उपयोगी हुनेछ। नेपालमै बसेर पनि केही गर्न सकिन्छ। यसै सन्दर्भमा आवश्यक विषयमा तालिम तथा छलफल, प्रस्तुति, प्रदर्शनीको आयोजना गरेको हो।

रोजगारी पाउने प्रमुख माध्यम नै सीपको जानकारी हुनु हो। बजारमा दक्ष जनशक्ति वृद्धि गर्न सीपमूलक रोजगारीका अवसर, सीपप्रतिको महत्व, व्यापार, आधुनिक प्रविधिदेखि कला संस्कृति झल्किने किसिमले सीपको महत्व बुझाउन स्किल विक कार्यक्रम आयोजना गरिएको हो। सीप सिकेर नेपालमै आफ्नो रुचिको काम गर्न सकिन्छ भनेर बmुझाउन पनि स्किल विक कार्यक्रम आयोजना गरिएको ठाकुरको दाबी छ। अनलाइनमा मार्फत देशका सबै ठाउँका युवाले भाग लिन पाउँछन् र आफूलाई आवश्यक विषयमा निःशुल्क बुझ्न पाउँछन्।

सोमबार किङ्स कलेजमा डाटासम्बन्धी कार्यक्रम सम्पन्न भयो। त्यस्तै मंगलबार एभरेस्ट फिल्म एकेडेमीमा फिल्मसम्बन्धी छलफल र वर्कसप सम्पन्न भयो। कार्यक्रममा सम्बन्धित क्षेत्रमा सफल व्यवसायीको अनुभव पनि सुन्न पाइन्छ। १६ देखि ४० वर्षसम्मका युवालाई टार्गेट गरी सञ्चालन गरिएको यो कार्यक्रमले युवा जमातलाई एकै ठाउँमा भेला गराई सीपबारे जानकारी गराउनेछ।

अन्तिम दिन सोल्टी होटेलमा एक कार्यक्रम गरिन्छ। जहाँ फिल्म, पर्यटन, कला संस्कृतिलगायतका विषयमा काम गरी सीपका कारण सफल भइसकेका चार जनालाई उत्कृष्टको अवार्ड पनि प्रदान गरिनेछ। उत्कृष्ट व्यक्ति छनोट गर्न जुरी मेम्बरमा युनिसेफका प्रतिनिधि एल्के विस्च, नवीन्द्रराज जोशी र उपेन्द्र महतो रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.