यसरी आयो टेलिभिजन

यसरी आयो टेलिभिजन

प्रायः सबैको घरमा टेलिभिजन हुन्छ। पहिलापहिला टेलिभिजन घरको कोठामा राख्नुपथ्र्यो भने अब हातहातमा बोक्न मिल्ने भएको छ। टेलिभिजन दृश्य पर्दा भएको उपकरण हो। जसले प्रसारण गरिएको संकेतलाई दृश्य र ध्वनिमा परिवर्तन गर्छ।

मानिसका लागि टेलिभिजन अत्यावश्यक मनोरञ्जनको साधन बनेको छ। यसको निर्माणमा धेरै वैज्ञानिकहरू लागिपरेका थिए। सन् १८१७ मा भएको रसायनिक सेलिनियमको आविष्कारले विद्युत्को लागि परिवर्तन भएर घुमिरहने आकृतिहरूको यन्त्र निर्माण गर्न सम्भव बनाएको थियो। त्यसपछिका समयमा पनि विभिन्न प्रयोग भए। टेलिभिजनका लागि आवश्यक आकृतिको रेकर्डिङ तथा प्रसारणका लागि विभिन्न वैज्ञानिकहरूले प्रयास जारी राखे।

सन् १८८४ मा जर्मन वैज्ञानिक निप्कोले स्क्रिनको आविष्कार गरे। यसमा तारद्वारा किरणहरूसहित चित्र पठाउन सकिन्थ्यो। सन् १९२३ मा रूसी वैज्ञानिक भ्लादिमिर जोरकिनले आर्कोनोस्कोप ट्युबको आविष्कार गरेपछि तस्बिरकै आविष्कार भयो।

टेलिभिजनको आविष्कार गर्ने व्यक्ति भने बेलायतका वैज्ञानिक जोन लागो वायर्ड हुन्। उनले आठरेखीय परीक्षण टेलिभिजन प्रणालीको निर्माण गरेका थिए। उनले सन् १९२५ मा पहिलोपटक टेलिभिजनमार्फत तस्बिर प्रसारण गरेका थिए। सन् १९२६ मा उनको टीभी पहिलोपटक अमेरिकामा प्रसारण भयो। द बेल टेलिफोन कम्पनीले टेलिफोनमार्पmत सन् १९२७ मा वासिंटनबाट न्युयोर्कसम्म टीभी आकृति प्रसारण गर्‍यो। त्यसको एक वर्षपछि लन्डनदेखि न्युयोर्कसम्म ट्रान्स एटलान्टिक प्रसारण छोटो तरंगको प्रयोगबाट गरियो। सन् १९३० मा बीबीसीले टेलिभिजन कार्यक्रम सुरु गर्‍यो।

पहिलो रंगीन टीभीको आविस्कार जोन बेयर्डले सन १९३८ मा गरेका थिए। नेपालमा भने २०४२ सालबाट नेपाल टेलिभिजनको नामबाट टेलिभिजन प्रसारण भएको थियो। पुराना टेलिभिजन सेट ठूलो बाकसजस्तै हुन्थ्यो भने अहिले आएर साना र पातला सेटहरू बन्न थालेका छन्।

टेलिभिजनसम्बन्धी केही जानकारी

·   टेलिभिजन शब्द सर्वप्रथम रसियन वैज्ञानिक कन्सटान्टिन परस्कीले प्रयोग गरेका थिए।

·   जोन लागो बायर्डले पहिलोपटक २ अक्टोबर १९२५ मा टेलिभिजनमा चित्र प्रसारण गरेका थिए।

·   पहिलो रंगीन चित्र बीबीसीले सन् १९६७ मा प्रसारण गरेको थियो।

·   आयरल्यान्डमा सन् १९६२ मा प्रसारित द लेट लेट शो र सन् १९५४ मा प्रसारित द टुनाइट शो विश्वको सबैभन्दा लामो शो हो।

·   टीभीमा प्रसारित पहिलो व्यापारिक विज्ञापन बुलोभा घडीको थियो। जुन १ जुलाई १९४१ मा अमेरिकामा प्रसारण भएको थियो। उक्त विज्ञापन २० सेकेन्डको थियो र त्यसका लागि ९ डलर तिरिएको थियो।

·   विश्वको सबैभन्दा ठूलो प्लाज्मा टीभी पानासोनिक टीभी हो। यो एक सय ५० इन्चको छ र यो राख्नको लागि ठूलो कोठाको जरुरत पर्छ।

·   ब्रिटिस शो टप गियर संसारमै सबैभन्दा धेरैले हेरेको शो हो। जुन प्रत्येक साता एक सय ७० राष्ट्रका ३० करोड ५० लाख दर्शकले हेर्ने गर्छन्।

·   दोस्रो विश्वयुद्धपछि टीभी व्यापक र प्रसिद्ध भयो। सन् १९४८ मा १० लाखभन्दा बढी अमेरिकीको घरमा टीभी भइसकेको थियो।

·   दोस्रो विश्वयुद्धका कारण बीबीसी टेलिभिजनले सात वर्षसम्म प्रसारण रोक्नु परेको थियो।

·   अमेरिकाको पहिलो मौलिक टीभी कार्यक्रमको नाम द टेलिभिजन घोस्ट थियो। जुन सन् १९३१ मा प्रसारण भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.