राष्ट्रियसभा सदस्य निर्वाचन : प्रदेश ५ मा मतदान सुरु

राष्ट्रियसभा सदस्य निर्वाचन : प्रदेश ५ मा मतदान सुरु

दाङ : राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदान सरु भएको छ । बिहान १० बजेदेखि प्रदेश ५ मा मतदान सुरु भएको हो । मतदान केन्द्र दाङको घोराहीमा प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले पहिलो मत खसाल्दै मतदानको सुरुवात गरेका हुन्।

निर्वाचनको लागि मतदान गर्न ५ प्रदेशका १२ वटै जिल्लाका मतदाता आइसकेका छन् । घोराहीको कर्मचारी मिलन केन्द्रमा दुईवटा मतदान केन्द्रमार्फत मतदान भइरहेको छ ।  

निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार 'क' मतदान केन्द्रमा प्रदेशसभा सदस्यले मतदान गर्नेछन् भने 'ख' मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । 'क' मतदान केन्द्रमा प्रदेश ५ का ८७ जना प्रदेश सभा सदस्य मतदाता रहेका छन् भने 'ख' मतदान केन्द्रमा प्रदेश भरका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना मतदाता रहेका छन्।

निर्वाचनमा १६ जना कर्मचारी खटिएका छन । रिक्त रहेको १९ जना सदस्य मध्ये १८ पदका लागि हुन लागेको निर्वाचनमा राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश ५ मा तीन जना निर्वाचित हुने छन्। यहाँ तीन सय ५ जना मतदाता रहेको निर्वाचन कार्यालय दाङले जनाएको छ । ८७ जना प्रदेशसभा सदस्य र १२ जिल्लाका एक सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई सय १८ जना रहेका छन् ।

निर्वाचनमा ९ जना उमेदवारको प्रतिस्पर्धा रहेको छ । राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'  र नेपाली कांग्रेस पार्टीबाट तीन-तीन जना, समाजवादी पार्टीबाट दुईजना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एक जनाको प्रतिस्पर्धा छ।

प्रदेश ५ मा नेकपाबाट अपांग सदस्यमा दाङका जगप्रसाद शर्मा, कपिलवस्तुबाट महिला सदस्यमा विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई चुनावी मैदानमा छन् ।

त्यसैगरी राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसबाट दाङकी महिला सदस्यमा गिरिजादेवी न्यौपाने, बाँकेका अल्पसंख्यक सदस्यमा मेहराज अहमद हलुवाई र अन्यबाट अर्घाखाँचीका बालकृष्ण पाण्ड छन् । समाजवादी पार्टीबाट अल्पसंख्यक सदस्यमा बाँकेवाट सुनिल सिंघल र अन्यबाट बर्दियावाट कृष्णप्रसाद यादव निर्वाचनमा छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चा पार्टीबाट कपिलवस्तुवाट शिवप्रसाद पौडेल पनि चुनावी मैदानमा छन् ।

प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर र मिना बुढा तथा रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ वर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो । 

कुँवर र बुढा नेकपा तथा उपाध्यक्ष कांग्रेसको तर्फबाट निर्वाचित थिए ।नेकपा, नेपाली कांग्रेस, जनमोर्चा, रापजा, संघीय समाजवादी पार्टीले राष्ट्रिय सभाका लागि उम्मेदवार तयार पारेका छन । नेकपाको जित भने सुनिश्चित रहेको छ । ४ बजेसम्म मतदानको समय तोकिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.