चक्‍कु प्रहार गरी हत्या

चक्‍कु प्रहार गरी हत्या

परासी : चक्‍कु प्रहार गरी हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनवल नगरपालिका ३ किर्तिपुरका २० वर्षीय महादेव पुन छन्।

उनले गत मंगलबार पोखरा महानगरपालिका-१ बगर बस्ने २४ वर्षीय जगदिश गुरुङ र सोही ठाउँका २३ वर्षीय संजोग गुरुङलाई चक्‍कु प्रहार गरेका थिए । चक्‍कु प्रहारबाट भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका जगदिशको बुधबार मृत्यु भएको थियो । संजोग उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ। 

५÷७ दिन अघि मात्र पोखराका दुईजनासँग पुनको चिनजान भएको थियो । चिनजानपछि पुनले नास्ता खान घर नजिक बोलाएका थिए । मद्यपान गरेर बसेका तीनजनाबीच सामान्य विषयमा भनाभन भएको थियो । 

भनाभनपछि पोखराका दुईजना पुनको घरमै पुगेर झगडा गरेका थिए।त्यसक्रममा पुनले दुवै जनामाथि चक्‍कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विरेन्द्र थापाले जानकारी दिए।घाइतेमध्ये जगदिशको मृत्यु भएपछि पुन माथि कर्तव्य ज्यानमा मुद्दा चलाइएको थापाले बताए।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.