अमेरिका पुगेकी उपमेयर उतै लुकिन्

अमेरिका पुगेकी उपमेयर उतै लुकिन्

कालिकोट : कार्यालयलाई जानकारी नदिइकनै गत असोजमा अमेरिका पुगेकी तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली दर्शना सम्पर्कविहीन भएकी छन् ।

सामाजिक सञ्जालमा समेत उनको उपस्थिति छैन । गत असोजमा काठमाडौं गएको र  कात्तिकमा अमेरिका गएको सामाजिक सञ्जालबाटै उनले जानकारी दिएकी थिइन् । तिलागुफा नगरपालिका–५ का वडाध्यक्ष टिकाराम न्यौपानेका अनुसार अहिलेसम्म उनले नगरपालिकामा कुनै जानकारी दिएकी छैनन् ।

‘उपमेयरले अमेरिका भ्रमण जाने भनेर नगरपालिकाको पत्र माग्नुभएको थियो । नगरपालिका प्रमुख रतनबहादुर शाहीले पत्रका विषयमा नगर कार्यपालिकाको बैठकमा कुरा उठाउनुभयो । तर अमेरिका केका लागि जाने, किन जाने लगायत प्रश्न कार्यपालिकामा उठेपछि मेयरले नगरबाट पत्र दिनुभएन । त्यसपछि उहाँ काठमाडौं जानुभयो,’ वडाध्यक्ष न्यौपानेले बताए ।

तिलागुफाका मेयर रतनबहादुर शाहीले पनि दर्शना अमेरिका पुगेपछि आफूसँग एकपटक मात्रै सम्पर्क गरेको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको बताए । शाही भन्छन्, ‘अहिले उपमेयर नेपालीको फेसबुक पनि निष्क्रिय छ । नगरपालिका संघमार्फत गोष्ठीमा सहभागी हुन भनी गत कात्तिकमा अमेरिका जानुभएको बुझेको छु । नगरपालिका संघले उहाँलगायत केही नगरपालिकाका मेयर– उपमेयरलाई अमेरिकाको एउटा गोष्ठीमा सहभागी गराएको हो । एक पटक उहाँले बिरामी छु । फर्कने तयारी गरिरहेको छु भन्नेसम्म जानकारी गराउनुभएको थियो । त्यसपछि उहाँ सम्पर्कमा हुनुहुन्न ।’

उपमेयर नगरपालिकामा नहुँदा न्यायिक समिति र योजना तथा अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको काम प्रभावित भएको छ । योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको संयोजक उपप्रमुख हुने प्रावधान अनुसार अधिकांश योजनाको भुक्तानी समस्या भएको मेयर शाहीले बताए ।

ठेकेदारहरूले दिनहुँ ताकेता गरिरहेकाले समस्या बेहोर्नुपरेको उनको भनाइ छ । २०७४ बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट दन्ता १ हजार ८ सय ४३ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिइन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी शाहीले १ हजार २ सय ६० मत ल्याएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.