प्रदेश ५ बाट नेकपाका तीनजना विजयी

प्रदेश ५ बाट नेकपाका तीनजना विजयी

दाङ : राष्ट्रियसभा सदस्यको लागि भएको निर्वाचनमा प्रदेश नम्बर पाँचबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तीनै जना उम्मेदवार विजयी भएका छन्। दाङको घोराहीमा बिहीबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार अपाङ्गतातर्फबाट दाङका जगप्रसाद शर्मा, महिलातर्फ कपिलवस्तुका विमला घिमिरे र खुल्लाबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका हुन्।

शर्माले ५ हजार ४२४ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका मेहराज अहमत हलवाइले १ हजार ९८६, समाजवादी पार्टीका सुनिलकुमार सिंघम्ले ४२० मत  प्राप्त गरेका थिए। ८ जनप्रतिनिधिको मत बदर भएको छ। 

महिलातर्फ घिमिरेले ५ हजार सात सय ७८ मतसहित विजयी भएको मूख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। घिमिरेले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार गिरिजादेवी न्यौपानेलाई हराएकी हुन्। न्यौपानेले २ हजार १ सय प्राप्त गरेकी छन् भने ६ मत बदर भएको छ।

त्यसैगरी खुल्लातर्फ गोपाल भट्टराइले ५ हजार ३८२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका बालकृष्ण पाण्डेले २ हजार ५२, समाजवादी पार्टीका कृष्णप्रसाद अहिरले ४४४ मत र जनमोर्चाका शिवप्रसाद पौडैलले १५६ मत प्राप्त गरे। ३०३ मत खसेकोका ६ मत बदर भएको छ भने एक जनाले मतपत्र नै लुकाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.