अब नेपालमा कम्युनिष्ट-कांग्रेस मात्रै हुन्छन्ः मन्त्री भट्टराई

अब नेपालमा कम्युनिष्ट-कांग्रेस मात्रै हुन्छन्ः मन्त्री भट्टराई

दाङ : पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले अब नेपालमा दुई राजनीतिक विचार धाराका राजनीतिक शक्तिहरु मात्रै क्रियाशिल रहने बताएका छन्। दाङमा शुक्रबारदेखि सुरु भएको तुलसीपुर महोत्सवको उद्घाटन गर्दै दुई राजनीतिक विचार बोकेका शक्ति अघि बढने बताएका हुन्।

नेकपाको नेतृत्वमा समाजवादी वामपन्थी विचारधारा पक्षधर र नेपाली कांग्रेसको नेतृत्वमा उदारवादी प्रजातन्त्र विचार धाराको राजनीतिक शक्ति अस्तित्वमा रहने बताए। उनले पटक पटक देशका राजनीतिक दलहरु टुक्रिँदा देशमा स्थायित्व आउन नसकेको स्मरण गर्दै अब दुई वटा विचार भएका राजनीतिक दलले रहने बताए।

नेकपा एमाले र माओवादी दुई दलबीच एकता भएर नै शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको बताए। राजनीतिक शक्तिकै कारण देशमा नयाँ सविधान आएको र कार्यान्वयनमा गएको बताए। उनले गणतन्त्र संस्थागत हुँदै गएको समेत दाबी गरे। ४० हजार जनप्रतिनिधिहरुले जनताको घर दैलोबाट अधिकारसहित सेवा दिएको उनको अर्को दाबी थियो।

यसैबीच दाङको एरपोर्टलाई विस्तार गर्न आफु सकारात्मक भएको उनको भनाई थियो। १० दिनसम्म चल्ने तुलसीपुर महोत्सवले पनि दाङ एरपोर्टको स्तरवृद्धिको लागि पहल र सहयोग गर्ने उदेश्य राखेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.