टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर : पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एकजना घाइते छन् ।

 
मृत्यु हुनेमा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका शितलननगरका ३६ वर्षीय भुवन केसी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी मोहन बहादुर खाँणले जानकारी दिए । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ८३३० नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ६७ प ८७८२ नम्बरको मोटरसाइकललाई शनिबार राती ठक्कर दिएको थियो । मोटरसाइकल चालक केसी घाइते भएका थिए । घाइतेको जिल्ला अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

टिपरको ठक्करबाट मोटरसाइकल पछाडि सवार गैंडाकोट नगरपालिका–५ का शशीकपुर केसी घाइते छन् । उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.