कृषि विश्वविद्यालयमा तालाबन्दी

कृषि विश्वविद्यालयमा तालाबन्दी

चितवन : कृषि तथा वन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ। विश्वविद्यालयमा कार्यरत दैनिक ज्यालादारीका कर्मचारीले आइतबार ताला लगाएका हुन्। करारमा लैजाने भनेर गरिएको सहमति विपरित मासिक ज्यालादारीमा लैजाने निर्णयको विरोधमा उनीहरुले अनिश्चितकालीन तालाबन्दी गरेका हुन्। विश्वविद्यालयको केन्द्रीय कार्यालयमा रहेको उपकूलपति, रजिष्ट्रार र डिन कार्यालयमा ताला लगाएका छन्। त्यस्तै परीक्षा शाखा, सेवा आयोगको कार्यालयमासमेत ताला लगाएका छन्। 

विश्वविद्यालयले भने २०७५ को असार मसान्तभित्र पाँच वर्ष अवधि पुगेका कर्मचारीलाई मासिक ज्यालादारीमा लैजाने निर्णय गरेको छ। करारमा लानुपर्नेमा मासिक ज्यालादारीमा लाने निर्णय गरेको भन्दै कर्मचारी आन्दोलित बनेका हुन  ज्यादादारीमा रहेका कर्मचारीले आन्दालेन गरेपछि करारमा लैजाने सहमति भएको थियो। सेवाअवधिको पहिला सुरु गरेको आधारमा पालो अनुसार करारमा लाने सहमति पालना नभएको विश्वविद्यालयमा कार्यरत हेड असिसटेण्ट सन्तोस तामाङले बताए।

सुरुमा त्रिभुवन विश्वविद्यालयबाट समायोजन भएका २७ जनालाई मात्र करारमा लगिएको थियो। बाँकीलाई क्रमैसँग करारमा लैजाने सहमति भएपनि त्यो नगरिएपछि ताला लगाएको ज्यादारीका एक कर्मचारी अमृत विकले बताए।

विश्वविद्यालयकी कायममुकायम उपकूलपति प्रा.डा.शारदा थपलियाले करार गर्नका लागी दरबन्दी नभएको जानकारी दिइन्। आन्तरिक स्रोतबाट ज्यालादारी कर्मचारीलाई तलब दिएको बताउँदै करार दरबन्दी थप्ने अधिकार नभएको उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.