कांग्रेस महाधिवेशन कार्यतालिका हेरफेर

कांग्रेस महाधिवेशन कार्यतालिका हेरफेर

काठमाडौं : नेपाली कांग्रेसले १४औं महाधिवेशन कार्यतालिका संशोधन गरेको छ। केन्द्रीय महाधिवेशन पुरानै मितिमा सम्पन्न गर्ने गरी सोमबारको केन्द्रीय कार्यसमिति बैठकले यसअघि पारित कार्यतालिका परिमार्जन गरेको हो।

पुस ११ गते केन्द्रीय समिति बैठकले अर्काे वर्ष फागुन ७ देखि १० गते महाधिवेशन गर्ने निर्णय गरेको थियो।

वडा : कात्तिक १६

गाउँ/नगर : कात्तिक १८
प्रदेशसभा क्षेत्रीय : कात्तिक २१
प्रतिनिधिसभा क्षेत्रीय/जिल्ला : कात्तिक २३ र २५
प्रदेश : मंसिर २९
महाधिवेशन : फागुन ७, ८, ९ र १०

बैठकले पार्टी संगठनको अन्तरिम संरचनाको समायोजनपछि क्रियाशील सदस्यता वितरण÷नवीकरण गरी पार्टी विधान र नियमावलीअनुसारका आवश्यक प्रक्रिया पुर्‍याई परिमार्जित कार्यतालिका सर्वसम्मत पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

नयाँ कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन अर्काे वर्ष कात्तिक १६ गते, गाउँ÷नगर अधिवेशन कात्तिक १८, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते हुनेछ।

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते र प्रदेश अधिवेशन मंसिर २९ गते सम्पन्न गर्ने गरी कार्यतालिका परिमार्जन गरिएको प्रवक्ता शर्माले जानकारी दिए।

केन्द्रीय महाधिवेशन फागुन ७, ८, ९ र १० गते काठमाडौंमा हुनेछ। यसअघि गाउँ÷नगर वडा अधिवेशन मंसिरमा गर्ने गरी कार्यतालिका बहुमतबाट पारित गरिएको थियो।

महाधिवेशन कार्यतालिकालाई लिएर केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको संस्थापनइतर समूहसमेत सहभागी केन्द्रीय समिति बैठकले पार्टीको अन्तरिम संरचना समायोजन माघ मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।

यसअघि पुस मसान्तभित्र समायोजन सम्पन्न गर्ने भनिए पनि धेरै जिल्लाको विवादका कारण लम्बिएको छ।

त्यस्तै विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण फागुनदेखि चैत मसान्तसम्म गर्ने परिमार्जित कार्यतालिकामा उल्लेख छ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची अर्काे वर्ष वैशाख मसान्तभित्र केन्द्रमा पठाइसक्नुपर्नेछ। नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजुरी र नवीकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अन्तिम अवधि जेठ १५ गतेसम्मका लागि तोकिएको छ। यस्तै क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले साउन १५ गतेभित्र निर्णय गरिसक्नुपर्नेछ। नयाँ क्रियाशील सदस्यता र नवीकरणको अन्तिम सूची तयार गरी छानबिन समितिले केन्द्रीय सभापतिलाई साउन २५ गतेभित्र बुझाइसक्नुपर्ने परिमार्जित कार्यतालिकामा उल्लेख छ।

यस्तै केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई साउन मसान्तभित्र बुझाइसक्नुपर्नेछ।

कांग्रेसले पार्टी विधान २०१७ (संशोधनसहित) को धारा ४ (८) (ङ) बमोजिम गठन हुने ‘क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ ले गर्ने कार्य सम्पादन गर्न विधानको धारा २२ (७) बमोजिम सात सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। समितिले विधानको धारा ४ (८) (घ) र (ङ) बमोजिमको कार्य तोकिएबमोजिमको अवधिभित्र सम्पन्न गर्ने प्रवक्ता शर्माले बताए। ‘सभापतिले समितिका संयोजक र सदस्यहरूको मनोनयन आवश्यक परामर्श गरी गर्नुहुनेछ,’ उनले भने। प्रवक्ता शर्माका अनुसार पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्नका लागि परिमार्जनसहित पारित गरिएको कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका धारा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा निर्णय हुनेछ। कांग्रेस केन्द्रीय समिति बैठक माघ २३ गतेका लागि बोलाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.