वृद्धाको हत्या

वृद्धाको हत्या

बेंसीसहर : लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा बन्चरो प्रहार गरी एक वृद्धाको हत्या भएको छ । स्थानीय ६० वर्षीया सीता भुजेल पोख्रेलको हत्या भएको प्रहरीले जनाएको छ । डुम्रे-बेंसीसहर सडकखण्डको पाउँदीबजारमा बस्ने पोख्रेल एकल महिला हुन् । 

घाँटीमा बन्चरो रहेको अवस्थामा शव भेटिएको थियो । बन्चरो मृतकको घाँटीम गडेको र बिँड फुक्लिएको अवस्थामा खाटमुनि फेला परेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनास्थलमा रगत छरपस्ट भएको र शव वरपर मकै छरिएको भेटिएको स्थानीयले बताएका छन् ।

१८ वर्षदेखि पतिसँग छुट्टिएर बस्दै आएकी सीताका सन्तान छैनन् । मस्र्याङ्दी गाउँपालिका-९, सिम्पानी माइती भएकी उनी बाख्रा व्यवसाय गर्थिन् । भाडामा बसेर बाख्रा व्यवसाय गरी ८ वर्षअघि उनले आफ्नै घर बनाएकी थिइन् । उनकोमा अहिले पनि १२ वटा बाख्रा रहेका छन् । 

लुटपाटपछि हत्या आशंका 

उनले कानमा लगाएको गहाना र केही नगदसमेत हराएकाले लुटपाटपछि हत्या भएको हुनसक्ने स्थानीय बताउँछन् । इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीकाअनुसार सीताले लगाएको अढाई तोला सुनका ठुला ठुला रिङ कानबाट चुँडालेको देखिएको छ । उनले केहीदिन अघि खसी बेचेको २२ हजार रुपियाँ पनि साथमा नभेटिएको प्रहरीले जनाएको छ । 

अनुसन्धान हुँदै 

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट २ वटा कुकुर झिकाएर घटनाको अनुसन्धान गरिएको थियो । हालसम्म शंकास्पद व्यक्तिलाई सोधपुछबाहेक प्रहरीले कसैलाई पक्राउ गरेको छैन् । अनुसन्धानपछि कुकुर फिर्ता पठाइएको प्रहरी प्रमुख डिएसपी रवीन्द्रमान गुरुङले बताए । घटना आइतबार रातिको भए पनि वृद्धा एक्लै बसेको र वरपर कोही नहुँदा ढिला गरी प्रहरीले जानकारी पाएको थियो । ‘घटना कर्तव्य ज्यान प्रकृतिको छ । हामीले अनुसन्धान गरिरहेका छौं,' गुरुङले भने । मृतकको शव पोस्टमार्टमको लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.