उपसचिव चढेको जीप दुर्घटना

उपसचिव चढेको जीप दुर्घटना

राजविराज : प्रदेश १ सचिवालयको जीप सप्तरीको शम्भुनाथमा बुधबार बिहान दुर्घटना भएको छ। परिवारसहित प्रदेश सचिवालयका उपसचिव (प्रवक्ता) दिपक घिमिरे चढेको प्रदेश १–०२–००१ झ ०७१६ नम्बरको जीप दुर्घटनामा परेको सप्तरी प्रहरीले जनाएको छ।

दुर्घटनामा उपसचिव दिपक र उनका छोरा ११ वर्षीय दिघार्यु घिमिरे घाइते भएका छन्। विराटनगरबाट काठमाडौंतर्फ गइरहेको जीप शम्भुनाथमा दुर्घटना हुँदा आफू र छोरा घाइते भएको घिमिरेले बताए। श्रीमति र छोरी सकुशल रहेका छन्।  शम्भुनाथस्थित क्लिनिकमै प्राथमिक उपचारपछि घिमिरे विराटनगर नै फर्किएका छन्। 

शम्भुनाथ ट्राफिक प्रहरी कार्यालय अगाडि चेक प्वाइन्ट नजिकै तीव्र गतिमा गुडिरहेको प्रदेश सचिवालयको जीप ना.६ ख २१७२ नम्बरको ट्रकको पछाडि ठोक्किएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.