शरीर विज्ञान सिकाउने रोचक शैली

शरीर विज्ञान सिकाउने रोचक शैली

स्पेनकी शिक्षक भेरोनिका दुक्वी सिर्जनशील तरिकाले आफ्ना विद्यार्थीलाई पढाउँछिन् र सिकाउँछिन्। उनको सिकाउने एउटा शैली अहिले विश्वप्रसिद्ध भएको छ। 

चार कक्षाका विद्यार्थीलाई शरीर रचना विज्ञान (एनाटोमी) पढाउन ४३ वर्षीया दुक्वीले अपनाएको शैली रोचक छ। उनी शरीरका आन्तरिक अंग देखाउन आफू ती अंग प्रिन्ट भएको लुगा लगाउँछिन्। 

केही हप्ताअघि उनी कक्षामा छिरिन्। उनले सेतो कोट लगाएकी थिइन्। जब उनले कोट फुकालिन्, विद्यार्थीहरू चकित भए। केहीले त ताली पनि पिटे। उनले शरीरका आन्तरिक अंग प्रिन्ट गरिएको बडी सुट लगाएकी थिइन्। यसो हेर्दा उनका फोक्सो, आन्द्रा, भुँडी, मुटुलगायत अंग छ्याङ्ङै देखिएका थिए। चार कक्षाका विद्यार्थीलाई मानव शरीरका आन्तरिक अंगबारे सिकाउने उनको यो शैली रोचक थियो। 

दुक्वीले विद्यार्थीलाई आन्तरिक अंगहरूको अवस्थिति देखाउन र बुझाउन बडी सुटको सहारा लिएकी थिइन्। उनी भालादोलिद शहरमा रहेको मारिया तेरेसा इनिगो दे तोरो स्कुलकी शिक्षक हुन्। 

आफ्नो शिक्षण शैलीलाई बढीभन्दा बढी प्रयोगात्मक बनाउन र विद्यार्थीमा अभिरुचि जगाउन उनले शरीरका आन्तरिक अंग चित्रित पहिरन लगाएकी थिइन्। शरीर रचना विज्ञान पढाउन प्रयोग गरिने प्लास्टिकका सामग्री उनलाई जँचेन। ‘सिकाइको परम्परागत शैलीबाट हटेर मैले विद्यार्थीलाई बुझाउन नयाँ प्रयोग गरेकी हुँ,’ स्थानीय मिडियासँग उनले भनिन्, ‘बडी सुटमार्फत मैले मेरा विद्यार्थीलाई मान्छेको शरीरभित्र कस्ता–कस्ता अंग कसरी रहेका हुन्छन्, बुझाउन चाहेँ। उनीहरूलाई रमाइलो पनि लाग्यो र अभिरुचिपूर्वक सिके पनि।’ 

एक जना सहकर्मी शिक्षकले दुक्वीले आन्तरिक अंग चित्रित पहिरन लगाएर पढाइरहेको तस्बिर खिचेका थिए। शरीरका अगाडि र पछाडिका भाग चित्रित ती तस्बिर ट्वीटरमा भाइरल भए। 

दुक्वीले शिक्षणमा सिर्जनशील तरिका अपनाएको यो पहिलो चोटि होइन। विगत १५ वर्षदेखि यस पेशामा आबद्ध उनी अप्ठ्यारा र जटिल विषय विद्यार्थीलाई बुझाउन विभिन्न शैली प्रयोग गरिरहेकी हुन्छिन्। व्याकरण पढाउन उनी ‘कार्डबोर्ड क्राउन्स’को सहयोग लिइरहेकी हुन्छिन् भने इतिहास पढाउन कहिलेकाहीँ आफैँ ऐतिहासिक पात्रको भेषमा उपस्थित हुन्छिन्। दुक्वी स्कुल र विद्यार्थीको प्रिय शिक्षक हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.