मालपोतका खरिदारविरुद्ध ४० हजार विगोको घुस मुद्दा
काठमाडौं : भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासी -बर्दाघाट(सुस्ता पश्चिम)का खरिदार नेत्रबहादुर चौधरीविरुद्ध मुद्दा दर्ता भएको छ। खरिदार चौधरीले मोही जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएका थिए। उनलाई अख्तियार टोलीले ४० हजार घुससहित नियन्त्रणमा लिएको थियो।
सेवाग्राहीको श्रीमानको नाममा रहेको जग्गा बाँडफाँड गरिदिने प्रयोजनको घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ। उनीविरद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागसहित विशेष अदालत, काठमाडौंमा शुक्रबार आरोपपत्र दायर गरिएको छ।