किसान र सीडीओका अगाडि चिनी उद्योगीको रुवाबासी

किसान र सीडीओका अगाडि चिनी उद्योगीको रुवाबासी

परासी : उद्योगी राकेश अग्रवालले पश्चिम नवलपरासीका उखु किसानको भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन्।  अग्रवाल जिल्लामा आएको जानकारी आएपछि प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मारासिनीले सम्पर्कमा ल्याएर भुक्तानी बारे किसान प्रतिनिधिसँग शुक्रबार छलफल गराएका थिए।  

 
राजनीनिक दल र सञ्चारकर्मीसहितको छलफल कार्यक्रममा अग्रवालले आफूलाई उद्योग सञ्चालनको वातावरण नहुँदा रकम भुक्तानी गर्न नसकेको दाबी गरे।  किसान प्रतिनिधिहरुले किसानको रकम भुक्तानी गर्न नसके ठगी मुद्दा दर्ता गछौं भनी चेतावनी दिए। 

छलफलका क्रममा अग्रवालले आँसु झारे–‘मेरो उद्योगमा ५ महिनादेखि किसानले ताला लगाएका छन्। गोदाममा भएको मोलासिस र चिनी बिक्री गर्न पाएको छैन। टर्चर मात्र दिएर कसरी रकम दिउँ ? टर्चर सहनुभन्दा सीडीओ साहेब मलाई थुन्नुस।’ अग्रवाल मुख छोपेर भक्कानिए।

घाटामा उद्योग चलाइरहेको घर बेचेर भएपनि किसानको रकम तिर्ने प्रतिबद्धता अग्रवालले गरे। रकम जोहो गर्ने समय दिन नसके मलाई थुन्नुस।’ उनले फेरि रुँदै भने। पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा सुगर एण्ड एग्रो इण्डष्ट्रिले १० करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ। अग्रवालकै सर्लाहीस्थित अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिले २० करोड भुक्तानी गर्न बाँकी छ।

अग्रवालका अनुसार इन्दिरा सुगरको गोदाममा ५ करोड र अन्नपूर्णको गोदाममा ७ करोडको मोलासिस र चिनी रहेको छ। ‘भुक्तानी दिन सुरु गर्छु। गोदाममा भएका सामान पनि बिक्री गर्न दिनु्ुस। दुवै उद्योगले तिनुपर्ने सम्पूर्ण रकम दुई महिना भित्र तिर्छु।’ अग्रवालले भने।  

हरेक पटकको बैठक र छलफलमा भुक्तानी गर्ने लिखित सहमति गरेपनि पालना नगरेकाले उद्योगमा ताला लगाएर आन्दोलनका कार्यक्रम घोषणा गर्नु परेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताए।  किसानहरुले गत मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन्। ‘ गत पुस १८ गते भएको बैठकमा एक महिनाभित्र ४ करोड भुक्तानी गर्ने सहमति गरेको थियो। ७२ देखि ७५ लाख वितरण गरेर भुक्तानी रोकेपछि आन्दोलन गरेका हौं।’ यादवले भने।

  छलफलमा उद्योगी अग्रवालले शनिबार भुक्तानी गर्ने किसानको सूची प्रकाशन गरी क्रमशः रकम वितरण गर्ने लिखित सहमति गरेका छन्। मौखिक रुपमा उनले माघ महिनाभित्र ६ करोड भुक्तानी गर्ने सहमति गरेका थिए।  ‘भुक्तानी सूची निकालेर क्रमशः रकम तिर्ने लिखित सहमति भएको छ। मौखिक रुपमा अग्रवालले माघमित्र ६ करोड तिर्छु भनेका छन्। भुक्तानी रकमको सूची हेरेपछि आन्दोलनका कार्यक्रम स्थगित गर्छौ।’ उखु उत्पादक कृषक समितिका अध्यक्ष यादवले भने। 

 जिल्लामा इन्दिरासहित ३ चिनी उद्योग छन्। लुम्बिनीले करिब १० करोड भुक्तानी दिन बाँकी छ। उक्त उद्योग यस वर्ष सञ्चालन नहुने भन्दै बन्द छ। बाग्मती चिनी उद्योग सञ्चालनमा छ। महिना दिनअघि १० करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको बागमतीले शुक्रबारसम्म ९ करोड ७५ लाख भुक्तानी गरेको जनाएको छ। ‘बक्यौता रकममध्ये करिब २५ लाख दिन बाँकी होला। त्यो पनि पूर्जी हराएका र पूर्जी संकलन गर्न बाँकी रहेका किसानको हो।’ उद्योगका प्रबन्धक टंक काफ्लेले बताए। पूर्जी आएपछि तत्काल बाँकी रकम भुक्तानी गरिने काफ्लेले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.