९० रुग्ण आयोजनाको ठेक्कामा अख्तियारद्वारा विस्तृत अनुसन्धान

९० रुग्ण आयोजनाको ठेक्कामा अख्तियारद्वारा विस्तृत अनुसन्धान

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९० वटा आयोजनाको ठेक्काबारे विस्तृत अनुसन्धान गरिरहेको छ । अख्तियारले अध्ययन गरेका १८४८ वटा रुग्ण आयोजनाका ठेक्कामध्ये ती अति रुग्ण ठेक्काको विस्तृत अनुसन्धान भइरहेको हो । अख्तियारले गत वर्ष गरेको अध्ययनमा १ खर्ब १८ अर्बका ती ठेक्का अलपत्र अवस्थामा रहेको पाइएको थियो ।

यस्ता अलपत्र अवस्थाका राष्ट्रिय गौरवका आयोजनासहित ठेक्काको अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको हो । ती ठेक्का सम्झौता तोकिएको अवधिभित्र सम्पन्न नभएको देखिएको हो । १० वर्ष अघिदेखि क्रमागत देखिएका ठेक्का सम्झौता निष्कृय अवस्थामा भेटिएका थिए । २४ अर्ब रुपैयाँ त मोबिलाइजेसन पेश्कीका रूपमा ठेकेदारको नाम गएको थियो । १ सय ३२ वटा ठेक्काको म्यादसमेत नथपिएको पाइएको थियो ।

अख्तियार स्रोतका अनुसार अख्तियारले आफुले गतवर्ष अध्ययन गरेका मध्येबाट ९० वटा अति रुग्ण आयोजनाका ठेक्काको विस्तृत अनुसन्धान गरिएको हो । सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सञ्चालित ठेक्काको विस्तृत अनुसन्धान भइरहेको छ । संघीय मामिलाका ७७ प्रतिशतको ठेक्का अधुरा र रुग्ण छन् । गतवर्ष अख्तियारले गरेको अध्ययनमा ६ अर्ब ६० करोडका ९७ वटा ठेक्कामध्ये ७५ वटा तोकिएको अवधिमा निर्माण सम्पन्न नभएको पाइएको थियो ।

खानेपानी मन्त्रालयका ५९ प्रतिशत ठेक्का तोकिएको समयमा सकिएका छैनन् । खानेपानी तथा सरसफाइ आयोजनाको पूर्वाधार निर्माण गर्न गरिएको ३ अर्ब ९० करोडका १७ वटा ठेक्का तोकिएको तोकिएको समयमा सम्पन्न भएका छैनन् । जसमध्ये १० वटा ठेक्काको म्याद थप पनि भएको छैन र सम्पन्न पनि भएको छैन । सहरी विकास मन्त्रालयअन्तर्गतका ३९ प्रतिशत ठेक्का अधुरा छन् । २०६४÷६५ देखि २०७४÷७५ भित्र सम्पन्न गरी ६ अर्ब ३० करोडमा ४४२ वटा ठेक्का सम्झौता भएका थिए जसमा १७१ वटा ठेक्का मात्रै अलपत्र अवस्था छन् ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका सिँचाइ आयोजनामा गरिएका १८ अर्ब ६६ करोडका २३५ ठेक्का अलपत्र छन् जसमा ९४ वटा ठेक्काको न म्याद थप भएको छ न त सम्पन्न नै । नेपाल विद्युत् प्राधिकरणका ५० प्रतिशत ठेक्का अलपत्र भेटिए । जलविद्युत् आयोजना, ट्रान्सिमिसन लाइन बिस्तारजस्ता ३८ अर्ब ४३ करोडका ९१ ठेक्का न म्याद थप भएका छन् न सम्पन्न । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका ७ अर्ब २७ करोडमा ३७ वटा योजनामध्ये ६ वटा ठेक्का अधुरा छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका १५ अर्ब ४६ कारेडका २३ वटा योजनामा ८ वटा ठेक्का तोकिएको समयमा सकिएका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका सडक आयोजनाको अवस्था यस्तै छ । २० अर्ब ७६ करोडका ९०६ वटा सडकसम्बन्धी ठेक्का रुग्ण अवस्थामा छन् । जसमा ६२३ वटाको न म्याद थपिएका छन् न त सकिए । यी सात मन्त्रालय अन्तर्गतका रुग्ण आयोजनामध्ये ९० अति रुग्ण भएको अख्तियारले बताएको छ ।

अख्तियारले नेपाल सरकारद्धारा सञ्चालन भएका आयोजनामा निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएपछि यो अवधिमा केही सुधार भएको देखिएको छ । अध्ययन अवधिपछि १८४८ रुग्ण ठेक्कामध्ये ६८ वटामा सुधार देखिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.