छाउगोठ भत्कियो, किशोरी त्रासमै

छाउगोठ भत्कियो, किशोरी त्रासमै

अछाम : साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वर नौलाकोटकी ममता बिक प्रभा धम्कोट माविमा कक्षा १० मा पढ्छिन्। उनी २० वर्षकी भइन्। १४ वर्षको उमेरमा पहिलोपटक महिनावारी भएकी थिइन्। 

छाउ हुँदा दुई वर्षसम्म छाउगोठमै बसिन्। त्यसपछि छाउगोठ भत्काउने अभियान चल्यो। गाउँका सबै छाउगोठ भत्काइयो। उनी घरमै सुरक्षित तरिकाले बस्न थालिन्। ५ वर्षपछि गाउँमा एउटा छाउगोठ बन्यो। घरमै बस्न थालेकी ममतालाई फेरि छाउगोठ जानुपर्ने बाध्यता आइलाग्यो। 

छाउगोठ भत्काउने अभियान पहिले पनि चलेको थियो तर पछि फेरि गोठहरु बनेको उनले बताइन्। 'गाउँका सबै घरमै बस्न थालेका थिए, फेरि गाउँमा एउटा नयाँ गोठ बन्यो, निरन्तर छाउ भएका बेला त्यही गोठमा बस्न सुरु गरे', उनले भनिन्, 'सबैकी छोरी छाउ बार्न गोठमा जान्छन्, तेरी छोरी मात्र किन घरमा राखेको ? भोलि गाउँमा केही अनिष्ट भयो भने त्यसको जिम्मेवार तँ हुनुपर्छ भनेर गाउँका मान्छेले भन्न थाले। पछि बाध्यताले गोठ जानुपर्यो।'

अहिले फेरि छाउगोठ भत्काइएपछि घरमै बस्न थालेको उनले बताइन्।  'पहिले पनि यस्तै अभियान चलेको थियो। फेरि नयाँ छाउगोठ धमाधम बने, अहिले कानून नै बनेकाले हामीलाई निकै राहत भएको छ', उनले भनिन्, 'तर फेरि अझै छाउगोठ बनिरहेकै छन्। फेरि बस्नुपर्ला कि भन्ने डर छ।' 

बाब्लाकी देवसरा बिष्ट राष्ट्रिय मावि बाब्लामा कक्षा १२ मा पढ्छिन्। देवसरा १८ वर्षकी भइन्। पहिलो पटक महिना हुँदा गोठमा जाँदिनँ भनेर दिनभरि रोएको अनुभव उनी सुनाउँछिन्। 

५ वर्ष पहिले गाउँका विभिन्न गैरसरकारी संस्थाले छाउगोठ भत्काउने अभियान चलाए। गोठ भत्काइयो। त्यसको केही वर्षपछि फेरि छाउगोठ बने। घरमै बस्न थालेका पुन: गोठमा जान थाले। कानून बनेपछि अहिले फेरि गाउँमा गोठ भत्काउने अभियान चलेको छ। कानुन कार्यान्वयमा आएपछि अब केही हदसम्म परिवर्तन पक्कै हुनेमा देवसरा आसावादी छिन्। 

उनले भनिन्, 'अहिले फेरि घरमा बस्न थालेका छौँ, निकै खुशी लागेको छ, फेरि गाउँमा गोठ बनेर त्यहीँ बस्नुपर्ने हो भन्ने डर अझै हटेको छैन।' कानून कडा रूपमा कार्यान्वय नभए यस्ता अभियान क्षणिक हुने उनले बताइन्। 

छाउ भएका बेला गाउँमा रहेका सार्वजनिक धारामा किशोरीहरुलाई उत्तिकै विभेद गरिन्छ। विवाहित महिलाभन्दा अविवाहितलाई छाउ कठिनसँग बार्न लगाइने उनले बताइन्। 

घुघुरकोटकी चेतना महता त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटमा स्नातक तह प्रथम वर्षमा पढ्छिन्। छाउगोठमा बसेको तितो अनुभव उनीसँग पनि छ। छाउ भएका बेला थुप्रै पटक डरैडरले रातभरि गोठमा सुत्नुपर्दा पछिल्लो दिन विद्यालय नगएको उनी सुनाउँछिन्। 'छाउ भएर चोखिएको दिन ठुलै कालबाट बाँचे जस्तो लाथ्यो', उनी भन्छिन्, 'अहिले फेरि घरमै बस्न थालेका छौं।' 

यस्ता अभियान चलाउन र कानून बन्न मान्छे मर्नुपर्ने अवस्था रहेको उनी बताउँछिन्। उनले भनिन्, 'विगतमा पनि यस्ता अभियान चलेकै हुन्। छाउगोठ मुक्त भएका गाविसमै गोठमै ज्यान गएका छन्। भर्खर मात्र एक जना किशोरीको गोठमा ज्यान गएपछि मात्र जिल्लादेखि केन्द्रका सबै तातेका छन् बिस्तारै सेलाउदै जान्छ, फेरी गोठ बन्छन्।'

उनी भावुक हुँदै अगाडि बताउँदै गइन्, 'मनका गोठ भत्किनै सकेका छैनन्। अझै पनि भत्काइएका गोठमा पाल टागेर बसेकै छन्।' कानून बनेपछि यो कुप्रथा अन्त्य हुने केही आश पलाएको उनले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.