नवलपरासीका सीमा क्षेत्रमा सशस्त्रका ३ पोस्ट थपिँदै

नवलपरासीका सीमा क्षेत्रमा सशस्त्रका ३ पोस्ट थपिँदै

परासी : पश्चिम नवलपरासीका तीन स्थानमा सशस्त्र प्रहरी बलका सुरक्षा पोस्ट (बीओपी) स्थापना हुने भएका छन्। पश्चिम नवल परासी भारतको बिहार र उत्तरप्रदेशसँग सीमा जोडिएको छ।  सीमा क्षेत्रको दूरी पाल्हीनन्दन गाउँपालिका-५ को चिमनटोलादेखि सुस्ता गाउँपालिका-५ को सकरदिनसम्म २८ कि.मि.को छ। सीमा क्षेत्रको दुरीअनुसार बीओपीको संख्या कम भएकाले तीन स्थानमा थप गर्न लागिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए। 

 
हाल सशस्त्रको गुठिप्रसौनी, हरपुर र सुस्तामा गरी तीन स्थानमा बीओपी छन्। सीमा क्षेत्रमा भारतीय एसएसबीले ३ कि.मि.को दूरीमा पोस्टराखेको छ। नेपालतर्फ रहेका ३ वटा पोस्टमध्ये एउटा पोष्टले करिब १० कि.मि. हेर्नुपर्ने भएकाले बीओपीको संख्या थप गर्न लागिएको हो। 

‘सुस्तामा रहेको पोस्टनदी पारी छ। अन्य दुई वटाले २८ कि.मि.क्षेत्र समेट्न समस्या थियो। मन्त्रालयले सरावलको भूजहवा, पाल्हीनन्दनको गेर्मी र सुस्ता गाउँपालकाको रामनगरमा बीओपी पोस्टस्थापना गर्न स्वीकृत दिएको छ।’ प्रजिअ मरासिनीले भने। बीओपी स्थापनाका लागि संरचना अभाव छ। हप्ता दिनभित्र भूजहवामा नयाँ बीओपी बस्ने छ। त्यहाँ प्रयोगमा नआएको छोटी भन्सार कार्यालयमा पोस्टराखिने छ।  

 अन्य दुई ठाउँमा पोस्टराख्नका लागि जग्गा खोजी भइरहेको र २÷४ महिनामा त्यहाँ पनि पोस्टबस्ने प्रजिअ मरासिनीले बताए। पोष्टमा शसस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षाकर्मी रहने सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटरका उपरीक्षक भरत खनियाले जानकारी दिए ।

सीमामा रहेका बीओपीले सीमा निगरानीसँगै सीमास्तम्भ सुरक्षा र भारतीय एसएसबीको समन्वयमा अपराधिक गतिविधि नियन्त्रणलगायतका क्षेत्रमा काम गर्दै आएको सशस्त्र प्रहरी उपरीक्षक खनियाले बताए।   

गस्ती बढेपछि राजश्वमा वृद्धि

नेपाल-भारत नाकाहरुमा सुरक्षाकर्मीको गस्ती बढेसँगै चोरी निकासीमा कमी आउनुका साथै राजश्वमा समेत वृद्धि भएको प्रहरीले जनाएको छ। जिल्लाको महेशपुर, भूजहवा, विस्नुपुरा, झोलनीपुरलगायतका नाकाहरुबाट चोरीका सामानहरु नेपाल भित्रिने गरेका छन्। मुल बाटो नभई चोरी बाटो भएर तस्करी बढेपछि त्यस क्षेत्रमा समेत सशस्त्र प्रहरीले पैदल र सवारीसाधनबाट गस्ती बढाएपछि चोरीका सामानहरु पक्राउ पर्न थालेका हुन् ।

‘मुख्य सडकमा निगरानी बढाएपछि तस्करहरुले चोरीको मार्ग प्रयोग गर्न थालेका थिए। त्यहाँ पैदल र सवारीसाधनको गस्ती बढाएपछि चोरी नियन्त्रणमा कमि आएको  शशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाले बताए।   

 दिउँसो भन्दा बढी रातको समयमा भारतबाट लत्ताकपडा र मेशिनरी सामान भित्रिने गरेको सूचना आएकाले उक्त समयमा समेत गस्ती बढाइएको उनले जानकारी दिए। गस्तीका क्रममा सशसस्त्र प्रहरीले यस वर्षको साउनदेखि पुस मसान्तसम्म १ करोड ७४ लाखको सामान बरामद गरेर भन्सार कार्यालय बुझाएको छ। गत आ.व.को एक वर्षमा ४६ लाख ६७ हजारको सामान बरामद भएर भन्सार पठाइएको थियो। गस्ती बढेपछि राजश्वमा समेत तेब्बरले वृद्धि भएको खनियाले दाबी गरे। 

चोरी निकासी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले समेत गस्ती संख्या बढाएको प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए। रातको समय र दिउँसो समयमा छुट्टा छुट्टै गस्ती परिचालन गरेपछि सम्भाव्य नाकाहरुबाट चोरीका सामान आउने क्रममा कमि आएको उपरीक्षक आचार्यले दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.