तेश्रो राष्ट्रिय स्की च्याम्पियनसिपका लागि मुक्तिक्षेत्रमा तालिम

तेश्रो राष्ट्रिय स्की च्याम्पियनसिपका लागि मुक्तिक्षेत्रमा तालिम

जोमसोम : शनिबारदेखि मुस्तङको मुक्तिनाथमा तेश्रो राष्ट्रिय स्की च्याम्पियनसीपको तयारीका लागि २ दिने प्रशिक्षण सुरु भएको छ। हिउँ पर्यटक आर्कर्षित गर्ने तथा सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० वर्ष सफल बनाउने उद्देश्यले स्की च्याम्पियनसीप आयोजना गर्न लागिएको हो। नेपाल स्की संघले यसका लागि स्की खेल्ने ३६ खेलाडीलाई हिउँको सेताम्मे पाखोमा अभ्यास गराइरहेका छ।

संघले यसपटक पनि पुनः दोहोर्‍याएर संघले मुस्ताङमा तेश्रो राष्ट्रिय स्की च्याम्पियन गर्न लागेको हो। संघले तालिम दिएका दोलखा, रसुवा, सोलु र काठमाडौं आसपासका २१ पुरुष र १५ महिला खेलाडीले च्याम्पियनसीपमा भाग लिने स्की संघका सचिव  बशन्तराज कार्कीले जानकारी दिए। उनका अनुसार यसपटक अधिकांश पुराना र केही नयाँ खेलाडीले सहभागी जनाउने भएका छन्।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ रानीपौवा खेल मैदानमा  अल्पार्ईन स्की र नोडिक स्कीको तालिम दिइएको छ भने रानीपौवा बजारको पूर्वतर्फ करिब ३ सय मिटर लामो २ वटा थुम्का भएको हिउँले भरिएको पाखोमा क्रस कन्ट्री स्कीको तालिम दिइएको प्रशिक्षक रामप्रसाद गुरुङले जानकारी दिए। ३ वटै विधाको स्की खेलका लागि ४ जना स्की प्रशिक्षक खटिएका छन्। प्रशिक्षणमा रामबहादुर गुरुङ, शेरबहादुर गुरुङ र क्याप्टेन धुब्र सेन खटिएका छन्। 

उनीहरुले बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म स्कीको तालिम दिइरहेको प्रशिक्षक शेरबहादुर गुरुङले बताए। क्रस कन्ट्री स्कीमा ३ जना अल्पाइन र नोडिक स्कीमा एकजना प्रशिक्षक खटिएका छन्। प्रशिक्षक गुरुङका अनुसार यसपटक ३ जना स्की खेलाडी नयाँ रहेको छन्।

नेपाल स्की संघले यसअघि रसुवाको क्यान्जेन भ्यालीमा पहिलो र गतवर्ष मुक्तिनाथमा दोश्रो संस्करणको स्की च्याम्पियनसीप आयोजना गरेको थियो। यातायात, होटल र स्की पूर्वाधारका हिसाबमा सजिलो भएकाले तेश्रो संस्करणको स्की च्याम्पियनसीपका लागि मुक्तिनाथलाई छनोट गरिएको संघका सचिव वशन्तराज कार्कीले बताए। 

नेपालमा स्की खेलको विकास तथा अन्तर्राष्ट्रिय स्तरको स्की प्रमोशन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको सचिव कार्कीले सुनाए। कार्कीका अनुसार स्की प्रशिक्षण तथा च्याम्पियनसीप सम्पन्न गर्दा करिब २७ लाख बजेट खर्च हुनेछ। संघले घले खर्चका लागि पर्यटन मन्त्रालय, प्रदेश सरकार र पर्यटन बोर्डसँग प्रस्ता गरेको उनले बताए। 

नेपाली खेलाडीलाई अनुकुल तालिम दिन सकेमा अन्तराष्ट्रिय ईभेन्टहरुमा खेल्न सक्छन् भन्ने म्यासेज यसप्रकारको च्याम्पिनसीपले दिने संघका महासचिव बिजय श्रेष्ठले दाबी गरे। उनले तालिममा स्थानीय युवायुवतीलाई समेत अल्पाइन तथा नोडिक स्कीमा सहभागी गराइने जानकारी दिए। हिउँदे खेलकुदका रुपमा रहेको स्कीले सहर–बजारका युवाहरु प्रमोशन गर्दै हिउँ खेल्न र हेर्न मुस्ताङ आउने महासचिव श्रेष्ठको दाबी छ। 

वर्षायाममा मुस्ताङमा धार्मिक तथा अन्य पर्यटक आउने गरेका छन्।  हिउँदयामा भने चिसोका कारण पर्यटकको उपस्थित न्यून हुन्छ। यहाँका स्थानीय र पर्यटन व्यवसायी समेत बेशी झर्छन्। स्की प्रमोशन भएमा मुक्तिक्षेत्र बाह्रै महिना पर्यटकको चहलपहल हुने संघको दाबी छ। दुई दिने अभ्यास सकिएलगत्तै सोमाबारबाट स्की च्याम्पियन सुरु हुने संघले बतायो। स्की च्याम्पियनसीपको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.