रेणु दाहालले 'गौरवशाली माओवादी' भन्दा हलमा हाँसो

रेणु दाहालले 'गौरवशाली माओवादी' भन्दा हलमा हाँसो

काठमाडौं :  सत्तारुढ दल नेपाल कम्युनिस्ट(नेकपा)को केन्द्रीय समिति बैठकमा रेणु दाहालको समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानु पर्ने माग गरेको छ।  १२ नम्बर समूहको टोली नेताका रुपमा शनिबार रेणु दाहालले बैठकमा धारणा प्रस्तुत गरेकी हुन् । उनले आफ्नो समूहमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणलीमा जानु पर्ने आवाज उठेको बताइन्। 

रेणुले एमसीसीबारे आफ्नो समूहमा तीन खालका मत देखिएको रिपोर्टिङ प्रस्तुत गरिन्। पहिलो एमसीसी कुनै हालतमा स्वीकार गर्न नहुने, दोस्रो समृद्धिको आधार भएकाले तत्काल स्वीकार गर्नुपर्ने र तेस्रोमा एमसीसीप्रतिको बुझाइमा एकरुपता ल्याई राष्ट्र हितविपरितका प्रावधानलाई संशोधन गरेर मात्रै प्रक्रिया अगाडि बढाउनु पर्ने धारणा उठेको रेणुले बताइन्। 

पार्टीको नाम भुलेपछि

बैठकमा बोल्न सुरु गर्दा रेणु दाहालले पार्टीको नाम भुलेर नेकपा माओवादी भन्दा हलमा हाँसो फैलियो । प्रारम्भिक संबोधनका क्रममा उनले हाम्रो गौवरशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी भनिन, त्यसपछि लगतै नेपाल कम्युनिष्ट पार्टी नेकपा भन्दै सच्चाइन्। उनी झुक्किएपछि एक पटक हलमा हाँसोको फोहरा छुट्यो ।  पूर्व माओवादी पृष्ठभूमिकी रेणुले झुक्‍किएर पहिले कै पार्टीको नाम लिएकी हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.