चीनबाट उद्धारपछि दुई साता निगरानीमा

चीनबाट उद्धारपछि दुई साता निगरानीमा

काठमाडौं : हुपे प्रान्तबाट उद्धार गरी ल्याइने नेपाली विद्यार्थीलाई दुई साता एकान्तमा राखिने भएको छ। चीनमा छात्रावास र होटलमा बन्दी अवस्थामा बसेका विद्यार्थीलाई सुरक्षित रूपमा राख्न छलफल भइरहेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले उनीहरूलाई छुट्टै स्थानमा राख्नुपर्ने बताए। ‘कम्तीमा १४ दिनसम्म संक्रमणको अवधि मानिन्छ’, उनले भने, ‘त्यस अवधिसम्म एकान्तमा राख्नुपर्ने हुन्छ।’ सम्पर्कमा आएका अन्य व्यक्तिलाई श्वासप्रश्वासका माध्यमबाट भाइरस सर्ने सम्भावना रहेको उनको भनाइ छ।

चार्टर्ड जहाजबाट कति जनालाई उद्धार गरी ल्याइने हो भन्ने यकिन तथ्यांक भने छैन। स्वदेश फर्किन त्यहाँ रहेका विद्यार्थीले फारम भर्न थालेका छन्। आइतबार बिहानसम्म समय तोकिएकाले दुई दिनभित्र संख्या यकिन हुने र व्यवस्थापन गर्ने स्थानको टुंगो लगाउने तयारी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीका अनुसार उद्धारपछि विद्यार्थीलाई कहाँ राख्ने भनेर छलफल भइरहेको छ। ‘पर्याप्त रूपमा पूर्वतयारी नगरी उद्धार गरेर ल्याउन लागिएको छ’, ती अधिकारीले भने, ‘झन्डै १५ दिन कहाँ राख्ने भनेर छलफल भइरहेको छ।’

उद्धारलगत्तै विमानस्थलको प्रवेश बिन्दुदेखि सम्भावित जोखिमको पहिचान गर्दै एकान्तमा राखिने छ। हुपे प्रान्तमा झन्डै २ सय नेपाली विद्यार्थी छन्। उनीहरूलाई राख्ने स्थान टुंगो लागेको छैन। टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, छाउनीस्थित नेपाल आर्मी अस्पताल, नेपाल प्रहरीको अस्पताल र भक्तपुर खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्न छलफलका भइरहेको स्रोतले बतायो।

भारतले शनिबार उद्धार गरी ल्याएका आफ्ना नागरिकलाई दिल्लीको इन्डो टेबटन बोर्डर पुलिस क्याम्प र हरियाणाको मनेसरस्थित आर्मी क्याम्पमा मेडिकल निगरानीमा राखेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.