मुक्तिनाथको हिउँ पन्छाउँदै सुरक्षाकर्मी (तस्बिरसहित)

मुक्तिनाथको हिउँ पन्छाउँदै सुरक्षाकर्मी (तस्बिरसहित)

जोमसोम : धार्मिक पर्यटकीय गन्तव्य मुस्ताङको मुक्तिक्षेत्रमा शनिबार सुरक्षाकर्मीले सरसफाई तथा हिउँ पन्छ्याउने काम गरेका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा शैनिक उच्चशिखर शिक्षालयका शैनिक जवान, सशस्त्र प्रहरी , नेपाल प्रहरी, अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप पर्यटक चेकपोष्ट र स्थानीयबासी लगायतले मुक्तिनाथको पहिलोद्वारदेखि मन्दिर परिसरको बाटोमा थुप्रिएको हिउँ पन्छ्याएका हुन् ।

जारी सिजनमा लगातार ३ पटक परेको हिमपातले मुक्तिनाथ रानीपौवा बजारदेखि मुक्तिनाथद्वारसम्मको करिव २ किलोमिटर पैदल बाटोमा २ फिट हिउँ जमेपछि तिर्थालुलाई मन्दिर पुग्न कठिनाइ परेको थियो । ३ वटै सुरक्षाकर्मीका करिव ६० जवान, एक्याप र स्थानीयबासी गरी ८० जना बढीको समूहले बाटोमा जमेको हिउँ पन्छ्याउने कार्य गरेको मुस्ताङका निमित्त सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिए । यस्तै, सुरक्षाकर्मीले पैदलमार्गका साथै मन्दिर परिसरको हिउँ पन्छ्याएको सहायक प्रजिअ गौतमले बताए ।

यसअघि रानीपौवा बजारदेखि मुक्तिनाथसम्मको दुरीमा बाक्लो हिउँ जमेकाले मुक्तिनाथ दर्शन गर्ने तिर्थालुलाई असहज हुँदै आएको थियो । बजारबाट मन्दिर जाने जीर्ण उकालो बाटो त्यसमाथि हिउँको चाङले स्वदेशी तीर्थालुभन्दा भारतीय तीर्थालुलाई बढी समस्या पर्दै आइरहेको थियो । बाँक्लो हिउँमा पैदल यात्रा गर्दा तीर्थालुलाई लडेर चोटपटक लाग्ने गर्थ्यो । हिउँले भरिएको पैदल मार्गमा स्थानीयले तीर्थालुलाई बोकर वा स्टेचरमा राखेर लाने र ल्याउने गरेका थिए । सुरक्षाकर्मीले बाटोको हिउँ पन्छ्याएपछि तीर्थालुलाई अब आउजाउमा केही सजिलो भएको प्रहरी नायव उपरीक्षक तुलबहादुर कार्कीले उल्लेख गरे ।

यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कागबेनीदेखि मुक्तिनाथ बसपार्कसम्मको १२ किलोमिटर कालोपत्रे सडकको हिउँ डोजर लगाएर पन्छ्याएको छ। पालिकाले सवारी साधनमार्फत मुक्तिनाथ आउजाउ गर्ने सवारीको सहजताका लागि डोजर खर्च व्यवहोर्ने गरी ४ दिन लगाएर हिउँ पन्छ्याएको अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए । सडकको हिउँ पन्छ्याएपछि अहिले निर्वाध मुक्तिनाथ आउजाउ गर्न सजिलो भएको अध्यक्ष गुरुङले बताए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.