बालिका अपहरण गरेर १६ लाख फिरौती माग्ने आफन्त पक्राउ

बालिका अपहरण गरेर १६ लाख फिरौती माग्ने आफन्त पक्राउ

भक्तपुर : बालिका अपहरणपछि बुबासँग १६ लाख रुपैयाँ फिरौती माग्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बालिकालाई भने सकुशल उद्धार गरिएको छ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ निकोसेरास्थित विद्यालयबाट ६ वर्षीया बालिकालाई अपहरण गरेका सर्लाहीको लालबन्दी नपा ५ स्थायी घर भएका २० वर्षीय आशीष थापालाई नियन्त्रणमा लिइएको हो। 

अपहरणमा परेकी बालिकालाई भक्तपुरकै सूर्यविनायक नगरपालिका ७, घ्याम्पेडाँडाबाट सकुशल उद्धार गरिएको हो। बालिका अपहरण गर्ने उनकै आफन्त हुन्। उनले विद्यालय प्रशासनलाई झुक्याई यूकेजीमा पढ्ने ६ वर्षीया बालिकालाई अपहरण गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बालिकाको अपहरण गरेपछि थापाले बालिकाका बुबालाई फोन गरी १६ लाख रुपैयाँ नदिए ज्यान मार्नेसम्मको धम्की दिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

बालिका अपरहण भई निजका बुबासँग १६ लाख रुपैयाँ फिरौती मागेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमीको साथै महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोली परिचालन भएको प्रनाउ गिरीले बताए।

संयुक्त प्रहरी टोलीले व्यापक खोजतलास गर्ने क्रममा अपहरित बालिकालाई सोही स्कुलका पूर्वविद्यार्थीहरुको सहयोगमा जिल्ला भक्तपुर सूर्यविनायक नपा ७ घ्याम्पेडाँडाबाट सकुशल उद्धार गरिएको उनले बताए। परिसरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले अपहरणकारी थापा बालिकाका आफन्त नै रहेको अनुसन्धानमा खुलेको जानकारी दिए।

‘अपहरणकारी स्कुल गएर प्रिन्सिपलसँग कुरा गरेर बालिकाकी बुबाले बोलाउन पठाएको भनेर बालिकालाई लिएर गएको अनुसन्धानमा देखिएको छ’, उनले भने, ‘स्कुलबाट निस्केपछि बालिकालाई मोटरसाइकलमा घ्याम्पे डाँडा पुर्‍याएपछि बालिकाकी बुबालाई फोन गरेर फिरौती मागेको देखिन्छ।’

उनका अनुसार बालिकालाई घ्याम्पेडाँडा छाडेर अपहरणकारी थापा बालिकाकी बुबासँग फिरौती रकम लिन भनी भक्तपुर हुँदै मध्यपुर थिमि फर्केका थिए। प्रहरीले अनुसन्धानकै क्रममा अपहरणकारीलाई साँझ ५:०० बजे मध्यपुर थिमिको गट्ठाघरबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।

हात बाँधेर घ्याम्पेडाँडामा छाडिएकी बालिका रोईकराई गरेपछि स्थानीयले फेला पारेर उनलाई स्कुल पुर्‍याएको प्रहरीले जनाएको छ। बालिकालाई आइतबार मध्यान्ह १२ः३० बजे स्कुलबाट अपहरण गरेर लगिएको थियो। बालिकालाई भने १:३० बजे स्थानीयले भेट्टाएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.