चापागाउँमा दम्पती बेहोस अवस्थामा भेटिए

चापागाउँमा दम्पती बेहोस अवस्थामा भेटिए

ललितपुर : गोदावरी नगरपालिकाको झरुवाराशी-१३ मा एक दम्पती बेहोस भएका छन्। स्थानीयले बिहान ८:४० मा खबर गरेपछी उनीहरुको तुरुन्त उद्धार गरी अस्पताल पुर्‍याइएको महानगरीय प्रहरी वृत्त चापागाउँ डीएसपी कृष्णराज ओझाले जानकारी दिए। सोमबार बिहान भुस बालेर आगो ताप्ने क्रममा उनीहरु बेहोस भएको आशंका गरिएको छ।

ओझाका अनुसार ती दम्पती कुखुरा फर्म संचालक गर्दै आएका थिए। काभ्रे स्थायी घर भएका उनीहरु बिहान उठेर कुखुरालाई दाना दिइसकेपछि भुस बालेर कोठामा बसेको देखिएको छ।

झ्याल नभएको कोठामा भुस बालेपछी उनीहरु एक्कासी बेहोस भएको हुनसक्ने प्रहरीले जनाएको छ। दुबै जनाको अहिलेसम्म होस खुलेको छैन। श्रीमान बिष्णु मगरको सुमेरु अस्पताल र श्रीमती गोपीनी मगरको पाटन अस्पतालमा उपचार भइरहेको छ। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.