नियन्त्रणमा आयो भेडा मर्ने रोग

नियन्त्रणमा आयो भेडा मर्ने रोग

दाङ : पूर्वी रुकुमको लुकुमबाट चराउनका लागि दाङ ल्याइएका २५० भेडा जंगलमै मरेका थिए। हाल जिल्ला भेटेनरी अस्पताल दाङको सक्रियतामा रोग नियन्त्रणमा आएको छ। झण्डै दुई सय बढी भेडाको उपचार गरेपछि रोग नियन्त्रणमा आएको भेटेनरी अस्पतालले बताएको छ। 

शनिबारदेखि भेडाको उपचार थालिएको थियो। सोमबार रोग पूर्ण रुपमा नियन्त्रणमा आएको र अहिले भेडामा भएको समस्या हटेको जिल्ला भेटनरी अस्पतालका प्रमुख डा वेदबहादुर केसीले बताए। निमोनिया र चिसोका कारण भेडामा रोग देखिएको र त्यो जानकारी नहुँदा दुई सय ५० भेडा मरेको जिल्ला भेटनरी अस्पतालका प्रमुख डा केसी बताउँछन्। उनले अस्पतालको प्राविधिक टोलीले सम्बन्धित क्षेत्रमै पुगेर उपचार गर्दा रोग नियन्त्रणमा आएको बताए। 

'अब त्यस्तो केही पनि समस्या छैन, दैनिक १२-१५ भेडा मरिरहेका थिए उपचारपछि सोमबारबाट यो समस्या पूर्ण रुपमा नियन्त्रणमा आएको छ', डा केसीले भने। नमुना क्षेत्रीय ल्यावमा परीक्षणको लागि पठाइएको भए पनि त्यसको रिपोर्ट भने अझै आइसकेको छैन। डा केसीले किसानको समस्यामा संवेदनशील हुँदै क्षतिपूर्तिका लागि प्रदेश सरकारसमक्ष माग गरेर पठाएको जानकारी दिए।  

रुकुमको भुमे गाउँपालिका-१ लुकुमका ४ भेडालापक किसानले चिसो छल्न दाङ ल्याएका भेडा जंगलमै मरेका हुन्। उनीहरू ५ सय भेडा लिएर दाङ आएका थिए। रोगका कारण जंगलमै चराउँदा चराउँदै २ सय ५० भेडा मरेका थिए। 

भेडा पालक किसान धर्मकुमारी पुनले आइतबारदेखि भेडा मर्न बन्द भएको बताइन्। '२ सय ५० भेडा मरेपछि जिल्लाबाट आएको टोलीले उपचार गरेको छ', उनले भनिन, 'अहिले केहि भएको छैन।' चिसो समयमा जाडो छल्न रुकुमबाट दाङ ल्याएका भेडाहरु अज्ञात रोगका कारण मर्न थालेपछि किसानहरु चिन्तित भएका छन्। 

चिसो महिना रुकुममा हिउँ पर्ने हुँदा भेडा पाल्न समस्या हुने गरेपछि भेडा र बाख्रा लिएर रोल्पा हुँदै १६ दिन पहिले घोराही उपमहानगरपालिका वडा नं. १९ को पाँचपोखरीमा आइपुगेका किसानका भेडा मर्न थालेपछि समस्यामा परेका थिए। एक महिनामा चार भेडा पालक किसान परिवारका करिव २ सय ५० भेडा मरेको र अब उनीहरूसँग २५० भेडा जीवित छन्। 

एउटै बगालमा रहेका भेडा मर्न थाले पनि बाख्रामा भने समस्या देखिएको थिएन। ‘एउटै बगालमा रहेका बाख्राहरु मरेका छैनन्, तर भेडाहरु भने मुख पाक्ने, छेर्ने र झुङ्ने गर्दै मर्ने गरेका थिए दुई दिनदेखि मरेका छैनन्', धर्मे बुढाले भने, ‘हिउँबाट बचाउनका लागि ल्याइएका भेडाहरु मर्न थालेपछि हामी समस्यामा परेका छौँ।’ 

घरको मुख्य आम्दानीकै श्रोत भेडापालन भएको बताउँछिन धर्मकुमारी पुन। ‘घरखर्चका लागि अन्य कुनै माध्यम छैन’, पुनले भनिन ,‘यही भेडा पाल्ने र बेचेर आएको पैसाले जीवन चलाउने हो।’ भेडा बेचेर राम्रै आम्दानी हुने गरेको थिायो यो वर्ष मरेर सकियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.