दोलखाका सीडीओविरुद्ध पाँच मुद्दा
काठमाडौं : प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार भित्रका मुद्दामा अभियुक्तसँग घुस लिएको लगायतका पाँच मुद्दा विशेष अदालतमा दायर गरेको छ । अनुसन्धानको सिलसिलामा रिजालले आफ्नो ओहदाले गर्नुपर्ने कार्य नगरी महिलासम्बन्धी केश लाग्छ, थुनिदिन्छ, जागिर जान्छ, जिल्ला प्रशासन कार्यालयमा हाजिर गराउँछु भनी मोलाहिजा गरी डरत्रास देखाइ गालीगलौज गरी धरौटी भनी झुक्याइ सेवाग्राहीबाट पटक-पटक घुस लिएका थिए ।
घुस लिएको आरोपमा नियन्त्रणमा लिएपछि उनलाई अख्तियारले अनुसन्धान थालेको थियो । अख्तियारकै पूर्व सहप्रवक्ता समेत रहेका रिजालले हालीमुहाली गरेका थिए । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम त्यो घुस लिएको रकम जफतसहित कैद सजायको माग गरिएको छ ।