एमसीसीबारे नबुझेरै विरोध : मन्त्री ज्ञवाली

एमसीसीबारे नबुझेरै विरोध : मन्त्री ज्ञवाली

गुल्मी : एमसीसीबारे नबुझेरै नेपालमा विरोध भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । मंगलबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीका बारेमा नबुझेर जनस्तरमा भ्रम सृजना भइरहेको उल्लेख गरे। 'ठूला देशसँग मिलेर काम गर्दा पछि ठूला देशले साना देशलाई आफूतिर ढल्काउँछ कि भन्ने सोच्नु स्वभाविकै हो, उनले भने, 'तर सरकारले राष्ट्रहित विपरित कदम चाल्दैन्। ढुक्‍क भए हुन्छ।'
 
एमसीसीलाई लिएर बाहिर आएका टिकाटिप्पणी अनावश्यक र अतिरञ्जित  भएको समेत मन्त्री ज्ञवालीले उल्लेख गरे । देशको हित विपरित सरकार एक इञ्‍च पनि नझुक्ने ज्ञवालीको स्पष्टोक्ती छ । 'नेपाली जनतालाई लाभ जेमा हुन्छ हामी त्यही अनुसार काम गर्छौं, ज्ञवालीले भने, 'कसैले पनि अनावश्यक टिकाटिप्पणी गरेर समय खेर फाल्नु हुँदैन्।'

एमसीसीको विषयमा टुंगो लगाउने गरी तीन सदस्यीय समिति गठन भएको बताउँदै मन्त्री ज्ञवालीले अबको दश दिनमा सरकारले ठोस निर्णय गर्ने समेत उल्लेख गरे । 

सरकार संचालनको दुई वर्ष पूरा हुन थालेको बताउँदै ज्ञवालीले जनतामा सरकारप्रति विश्वास बढेको दावी गरे। उनले दुई तिहाई सरकारले नै मुलुकको आमूल परिवर्तन गर्ने समेत ठोकुवा गरे ।शान्ति सूचकमा नेपाल दक्षिण एशियाकै उच्च स्थानमा रहेको समेत उल्लेख गरे ।

वर्षौदेखि अलपत्र परेका राष्ट्रिय गौरवका योजना यही सरकारको पालादेखि पूनः सूचारु भएको समेत उनले बताए । उनले जनताले दिएको म्यान्डेडलाई सरकार कुल्चेर हिँड्न नसक्ने समेत स्पष्ट पारे । जिल्लाका झण्डै आधा दर्जन बढी कार्यक्रममा सहभागी हुन मन्त्री ज्ञवाली गृहजिल्ला आएका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.