क्यान्सरविरुद्ध जनचेतनामूलक र्याली (फोटोफिचर)
झापा : विश्व क्यान्सर दिवसको अवसरमा झापाको बिर्तामोडमा मंगलबार बिहान पूर्वाञ्चल क्यान्सर अस्पतालले जनचेतनामूलक र्याली निकालेको छ । 'क्यान्सर रोग लाग्ने जोखिमका कारण के के हुन् ?, क्यान्सर पनि सामान्य रोग हो । जसलाई समयमै उपचार गर्दा निको हुन्छ', भन्ने जस्ता व्यानर बोकेर सयौंको संख्यामा चिकित्सक, नर्स, सुरक्षाकर्मी र सामाजिक व्यक्ति र्यालीमा सहभागी भए।
झापामा खोलिएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालले गत पुस १६ गते बाट आफ्नो सेवा सुरु गरेको छ । ४ सय करोड लगानीमा ३ सय शैयाको उक्त अस्पताल सञ्चालनमा आएको हो ।अस्पतालमा क्यान्सरका बिरामीलाई १ मिनेटमा रेडिएसन दिन सक्ने 'ट्रयू बिम लिनियर एक्सेलेटर' मेसिनसहितको सेवा संचालनमा ल्याएको छ।
प्रतिक्रिया दिनुहोस !
१