'माग पूरा नभए फागुन १ देखि आन्दोलन गर्छौं'

'माग पूरा नभए फागुन १ देखि आन्दोलन गर्छौं'

दाङ : 'थारुहट थारुवान राष्ट्रिय मोर्चा'का केन्द्रीय संयोजक लक्ष्मण थारुले २०७२ साल भदौ ८ गते कैलालीको टिकापुरमा भएको घटनालाई राजनीतिक रूपमा सम्बोधन गरिनु पर्ने बताएका छन् । मोर्चाले मंगलबार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लक्ष्मणले घटनालाई राजनीतिक सम्बोधन गरेर निकास दिनु पर्ने बताएका हुन् । 

विनाकारण थुनामा रहेका प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीसहितका व्यक्तिलाई तत्काल थुना मुक्त गरेर संविधानको सम्मान गर्नसमेत सरकारलाई आग्रह गरे।

उनले उक्त घटनाको छानविनका लागि गठित समितिको र आयोगको प्रतिवेदनसहित यथार्थ अवस्था सार्वजनिक गर्न माग गरेका छन् । उनले लाल आयोग र देविराम शर्माको प्रतिवेदन तत्काल सार्वजनिक गर्नसमेत माग गरे । 

घटनाका दोषीलाई तत्काल कारवाशी गर्नुपर्ने बताए । त्यो घटनाले सबैलाई पीडा दिएको र मर्माहत बनाएको भए पनि थारु जातिको अपमान हुने गरी भएका गतिविधिले थारुहरु आन्दोलनमा जानु पर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । 

उनले संविधान जनजाति आदीवासी र थारुका लागि जस्ताको तस्तै स्वीकार्य नभएको भन्दै केही मुद्दा संशोधन र खारेजीको आवश्यकता रहेको बताए । वर्तमान सरकारका कारण थारु समुदायले आन्दोलनको तयारी गर्नु बाध्यता भएको भन्दै सरकारको निरङ्कुशताको अत्य हुनु पर्ने बताए । 

केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारी, राष्ट्रघाती, तानाशाही भयो भन्ने आरोप लगाए । उनले भने, 'भ्रष्टाचारी कम्युनिष्ट सरकारका विरुद्धमा आन्दोलन गर्नु पर्ने अवस्था आएको छ । त्यसका लागि पहिचानवादी मोर्चाहरु एक भइसकेका छन् ।'

प्रधानमन्त्रीले जनताको भावना र थारू पहिचानमा खलबल पुर्‍याएको भन्दै शासकका विरूद्ध आन्दोलन सुरु गर्नु पर्ने अवस्था आएको बताए । उनले मोर्चाले १४ बुदे माग सरकारलाई बुझाएको र त्यो माघ मसान्तभित्रमा पूरा नभए फागुन १ गतेदेखि आन्दोलन सुरु गर्ने चेतावनी दिए । 

कम्युनिष्ट सरकारको भ्रष्टाचारी आचरण सहन नसकेर आन्दोलन तय बताउँदै उनले भने, 'पहिचान पक्षधर र आन्दोलनरत पक्षको संयुक्त पहलमा आन्दोलनको तयारी गरिरहेका छौं। आन्दोलन कैलालीबाट सुरु गरिनेछ र आन्दोलनले तीव्रता लिने छ ।' उनले अब हुने आन्दोलन कसैले पनि रोक्न नसक्ने बताए । 

देशलाई अशान्त बनाउने शान्ति खलबलाउनेभन्दा पनि अधिकार र शान्तिका लागि आन्दोलनमा जान बाध्य भएको उनले बताए । आन्दोलन हिंसात्मक नभएर दवावमुलक भएको उनले बताए । उनले केपि ओली र प्रचण्ड राजनीतिका गद्दार पात्र भएको आरोप लगाए । 

उनले द्वन्द्व व्यवस्थापन गर्नसमेत नसकेको र सवैले स्वीकार्ने संविधानसमेत निर्माण गर्न नसकेको बताए । आन्दोलनमा शक्ति प्रदर्शनदेखि आमहडतालसम्मका कार्यक्रम भएको उनले उल्लेख गरे ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.