चार सचिवको अवकास : सह-सचिव दौडमा
काठमाडौं : बुधबार चार सचिवको अवकास हुँदैछ। अवकाश अगाडि नै गृहसचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुरमार आचार्यले भने अवकाश अगावै राजीनामा दिएका छन्। माघ २२ गते अवकास हुनु पूर्व नै गृहसचिव राई, उपराष्ट्रपति कार्यालयका सचिव आचार्यले राजनीनामा दिएका हुन्।
गृह सचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने सरुवा भएका छन्। अर्थ सचिव राजन खनाल, नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुरले बुधबारबाट अवकास पाउँदैछन्।
प्रधानमन्त्री कार्यालयका अनिल ठाकुरको पुस २२ मा अवकास भएको थियो। दिनेश भट्टाईको बढुवा भएको र गृह सचिव न्यौपाने भएपछि अब तीन सचिव पद रिक्त रहेका छ। रिक्त हुने सचिवमा शिक्षा मन्त्रालको योजना महाशाखाका प्रमुख कमल पोखरेल, प्रदेश-५ सचिव टेकनारायण पाण्डे, कोलकातास्थित महावाणिज्यदूत एकनारायण अर्याल, अर्थमन्त्रालयका हरिशरण पुडासैनीलगायतका सहसचिव दौडमा छन्।