लाखौँ रकम ठगेर व्यापारी फरार

लाखौँ रकम ठगेर व्यापारी फरार

बेंसीसहर : लमजुङ सदरमुकाम बेसीसहरमा होलसेल तथा खुद्रा किराना पसल सञ्चालन गरेका एक युवाले स्थानीय व्यवसायीको लाखौं रकम लिएर फरार भएका छन् ।  बेसीसहर नगरपालिका ८, फुलबारी चोकमा १० दिन पसल चलाएका जुम्लाका महेन्द्र हमालले स्थानीय व्यवसायीको २५ लाख रुपैयाँ बढी ठगेर भागेका हुन्।

जुम्ला चन्दननाथ नगरपालिका घर भएका हमालले स्थानीय व्यपारीबाट उधारोमा सामान लिएर गाउँ -गाउँमा बेच्ने गर्दथे । होलसेल व्यवसायीबाट एकलाख देखि चारलाखसम्म उधारो सामान लगेको भेटिएको पीडित व्यवसायी पूर्णलाल श्रेष्ठले बताए ।
उनले व्यवसायीबाट उधारोमा सामान लिएर गाउँगाउँमा नगदमा बेच्ने गरेका थिए । दश दिनसम्म दैनिक १० वटा बोलेरो जीपमा सामान बेचेर उनी फरार भएका हुन् । होलसेल व्यवसायीलाई उनले माघ २० गतेको मितिको चेक दिएका थिए । तर, बैंकमा जाँदा चेक बाउन्स भएको थाहा पाएपछि व्यापारी हमालको पसलमा पुग्दा उनी फरार भएको थाहा भएको थियो । व्यवसायीबाट करिब २५ लाख भन्दा बढी ठगी भएको र ठगिएका व्यक्ति सम्पर्कमा नरहेकाले अझै बढ्न सक्ने पीडित व्यवसायी विकास श्रेष्ठले बताए ।

हमालले होलसेल डिलर, सवारी साधनका मालिक, स्थानीय होटललगायतमा ठगेका थिए । बेसीसहरमा पसल चलाउँदै आएका अमरजीत जैशवालसँग पसल किनेर सञ्चालनमा आएको १० दिनमै उनले लाखौं ठग्न भ्याएको स्थानीय बताउँछन् । उनले जैशवालकै स्थायी लेखा नम्बरबाट कारोबार गरेका थिए । ठगीको विषयमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि यस विषयमा अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख डीएसपी रवीन्द्रमान गुरुङले बताए ।
    
दुई वर्षअघि बेसीसहरमा किराना तथा खुद्रा व्यापार गर्दै आएका भारतको रक्सौल घर भएका ४ जना दाजुभाइ करिब १ करोड ५० लाख रुपैयाँ ठगि गरी फरार भएका थिए । भारतीय नागरिक राजेश कुमार शाह, बालकृष्ण बानिया, नवीन बानिया र सतिश बानियाले सहकारी र विभिन्न व्यक्तिको गरी १ करोड ५० लाख ठगि गरी पसल बन्द गरेर भागेका हुन् । दुई वर्षपछि पुनः यस्तै घटना दोहोरिएपछि व्यवसायी चिन्तित छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.