कार चलाउन सिकाउँदा एकजनाको मृत्यु, एक घाइते

कार चलाउन सिकाउँदा एकजनाको मृत्यु, एक घाइते

बैतडी : बैतडीमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कार चलाउन सिकाउने क्रममा कार मालिक बैतडीको दशरथचन्द नगरपालिका ४ शाहीलेकका अन्दाजी २८ वर्षीय हरिश तिरुवाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

बा ६ प ९१९९ नम्बरको कार दशरथचन्द नगरपालिका २ देहीमाण्डौं घुसल्ला मोड नजिकैको ‘फिल्ड’मा सिकाउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएको जनाइएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.