कृषि अनुदानमा भ्रष्टाचार : ६ विरुद्ध मुद्दा
काठमाडौं : भटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कपिलवस्तुका मत्स्य विकास अधिकृत सुरेन्द्रप्रसाद भुजसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मत्स्य विकास अधिकृत सुरेन्द्रप्रसाद भुज, पशु चिकित्सक डा. रुपनारायण श्रेष्ठ र पशु विकास अधिकृत डा सोहन गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।
कपिलवस्तु शिवराज नगरपालिका–११ स्थित नव प्रगतिशील बहुउद्देश्यीय कृषक समूहका नाममा दुर्गाप्रसाद खनाल र सचिव उमेश चौधरीलाई प्रतिवादी बनाइएको छ।
बाख्रापालन कार्यक्रमको लागि सरकारी अनुदान रकममा भएको हिनामिनामा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनीहरुबाट ६ लाख भ्रष्टाचार भएको भन्दै विगो मागिएको छ।
उनीहरुले अनुदानको रकम कुनै काम नै नगरी भुक्तानीको खुलेको छ। नव प्रगतिशील बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष खनाल र सचिव चौधरीले समूहको बैठकको गलत निर्णय तयार गरी खोर निर्माण गरी बाख्रासमेत पालन गरेको भनी झुठ्ठा विवरण र बिल भरपाई पेस गरेको पाइएको छ।
हरि ओम इन्जिनियरिङ कन्सल्टेन्सिका ई बिबेक कुमार गुप्ताले १० हजार लिएर आफ्नै कन्सल्टेन्सिमा बसी गलत प्रकारको लिखत तयार गरिदिएको अख्तियारले जनाएको छ। उनीविरुद्ध पनि अख्तियारले मतियार बनाएर मुद्दा हालेको छ।
६ जना आरोपीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।