गगन थापाको प्रश्‍न : जग्गा फर्काएपछि विष्णु पौडेललाई मुद्दा नलाग्‍ने ? (भिडियाे)

गगन थापाको प्रश्‍न : जग्गा फर्काएपछि विष्णु पौडेललाई मुद्दा नलाग्‍ने ? (भिडियाे)

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका छन् ।

भ्रष्टाचारको दोषी ठहर भए शेरबहादुर देउवा वा आफैँ भए पनि उन्मुक्ति पाउन नहुने उनको भनाइ थियो । तर सरकारले सिमित व्यक्तिलाई बचाउन खोजेको नेता थापाको संकेत छ ।

‘प्रधानमन्त्रीलाई हामीले सम्झाउनै पर्छ, सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्नेमा व्यक्तिको नाममा नामसारी गर्ने बदनियतमा कर्मचारी लागे, त्यसलाई साथ दिने मन्त्रीलाई अनुसन्धान गर्नुपर्छ भन्ने अख्तियारले त्यही बदनियतलाई तीन–तीन पटक सदर गर्ने प्रधानमन्त्रीका बारेमा बोल्नुपर्दैन ? तीन–तीन पटक सदर गर्ने प्रधानमन्त्री माधव कुमार नेपाल, बाबुराम भट्टराई र मुख्यसचिव लिलामणि पौडेलबारे बोल्नु पर्दैन ? नेकपा महासचिव विष्णु पौडेलबारे बोल्नु पर्दैन ? विष्णु पौडेलबारे किन बोल्नु नपर्ने रे भने, उहाँले जग्गा फिर्ता दिनुभयो ।’

नेता थापाले अघि भनेका छन्, ‘अब तपाईँले चोर्न मन लाग्यो भने चोर्नुभए हुन्छ, समातिनुभयो भने एउटा कुरा गर्नू, विष्णु–विष्णु भन्नु, चोरीको सामान फर्काइदिनू, लुट्नुभयो भने विष्णु–विष्णु भन्नू, लुटेको सामान फर्काइदिनू !’

नेकपा नेतृत्वको नेपाल सरकारलाई उनले कम्बोडियासँग तुलना गरेका थिए । नेकपाले चुनाव जितेर दुई तिहाइको सरकार बनाएकोमा आफूहरुको चित्त दुखाइ नभएको तर शक्तिको दुरुपयोग गरेको उनको भनाइ छ ।

थापाले भनेका छन्, ‘नेकपाले सरकार बनाउन पाउँछ, चुनाव जित्यो भने बकाइदा पाउँछ । नेकपाले सरकार बनायो भन्ने सरोकार हैन, सरोकार नेपाल सरकार कम्बोडिया जस्तो बन्नेभयो ! कम्बोडियामा प्रधानमन्त्री हुन सेन हुनुहुन्छ । त्यहाँ सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नुभयो । हाम्रो प्रधानमन्त्रीको साथी ।

त्यहाँ कांग्रेस जस्तै प्रतिपक्षी पार्टीले हार्यो । प्रतिपक्षीले धाँधली भयो भन्यो । प्रधानमन्त्रीले चुनाव गराउँछु भन्नुभयो । प्रतिपक्षी दलका नेता विदेश गएका बेला भ्रष्टाचारको मुद्दा लगाएर छिर्न दिइएन । प्रतिपक्षी पार्टीले विशेष महाधिवेशन गर्यो नयाँ सभापति चयन गर्यो । तर उहाँलाई पनि राजद्रोहको मुद्दा लगाएर थुनामा हुनुहुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.