‘कांग्रेस दागी नेताको पक्षमा उभिनु निन्दनीय

‘कांग्रेस दागी नेताको पक्षमा उभिनु निन्दनीय

काठमडौं :  ललिता निवास जग्गा हिनामिनामा मुद्दा दायर भएका नेपाली कांग्रेसले आफ्ना उपसभापति विजय गच्छदारमाथिको मुद्दा बदनियतपूर्ण भएको बताउँदै 

 सदन अवरुद्ध  गर्ने  र भातृ संगठनलाई सडकमा उतार्ने  कार्य  निन्दनीय भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले  गम्भीर ध्यानाकर्षण  भएको जनाएको छ।  

दागी गच्छदारको पक्षमा कांग्रेस होमिनु आपत्तिजनक एवं निन्दनीय र आत्मघाती हुने स्मरण गराउँदै दण्डहिनताको अपसंस्कृतिलाई अन्त्य गर्नका लागि योगदान गर्न सम्बन्धीत सबैलाई शान्ति समाज आग्रह  गरेको छ। 

शान्ति समाजले जारी गरेको प्रेस विज्ञप्तिमा  वालुवाटार जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा बाबुराम भट्टराई र सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल (छोराको नाममा ललिता निवासको आठ आना जग्गा रहेको) लाई मुद्दा नचलाएर अख्तियार जस्तो संवैधानिक निकायले दोहोरो मापदण्ड अवलम्बन गरेको छ जुन दुर्भाग्यपूर्ण  भएको बताएको छ। 

‘पूर्वउपप्रधानमन्त्री विजय गच्छदारमाथिको मुद्धालाई प्रभावित गर्दै निजलाई चोख्याउने नियतले नेपाली कांग्रेसले गरेको विरोध पनि दुर्भाग्यपूर्ण छ’, विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार प्रकरणमा दागी नेताहरुको उन्मुक्तिका लागि सत्तारुढ र प्रमुख प्रतिपक्षि दल लाग्नु निन्दनीय छ।’

उसले देशभरी सार्वजनिक जग्गा÷राज्यको सम्पत्ति हडप्नका लागि विचौलिया सक्रिय रहेको र तिनको प्रभावमा राजनीतिक, न्यायिक र प्रशासनिक निकायका व्यक्तिहरुले अनुचित कार्य गरेका कैयन उदाहरणहरु रहेको जनाएको छ।

त्यस्ता घटनामा संलग्न जो कोहीलाई पनि कानुन सम्मत कारवाई हुनुपर्छ भन्ने धारणा शान्ति समाजको धारणा रहेको विज्ञप्ति जनाइएको छ।  

ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय नेपाल र  भट्टराईलाई पनि कारवाईको दायरामा ल्याउनुपर्ने उद्देश्यले नेपाली कांग्रेसले शान्तिपूर्ण तवरमा दबाब सिर्जना गर्न खोजेको हो भने त्यो स्वागत योग्य रहेको बताएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.