भारतमा नवजात शिशुका लागि दूध बैंक

भारतमा नवजात शिशुका लागि दूध बैंक

भारतः भारतमा दूध बैंकको व्यवस्था गरिएको छ । दूध बैंकले त्यस्ता बच्चालाई आमाको दूध उपलब्ध गराउँछ जसका आमा शारीरिक रूपमा असक्षम भएर स्तनपान गर्न असर्मथ छन् । 

धेरै महिलाले विभिन्न रोगका कारण बच्चा जन्मेपछि स्तनपान गराउन सक्दैनन् । यस्तो अवस्थामा नवजात शिशु स्तनपातबाट वञ्चित हुने गर्छन् । 

सबै नवजात शिशुलाई आमाको दूध उपलब्ध गराउन विशेष दूध बैंक खोलिएको हो । भारतमा केन्द्रीय सरकारले यस्तो बैंक बनाउन सहयोग र सुविधा प्रदान गरेको छ  । 

दूध बैंकले दूध नभएका शिशुलाई आमाको दूध उपलब्ध गराउँछ। यो ब्लड बैंक जस्तै हो । आवश्यकता अनुसार बच्चाहरुलाई यो बैंकले दूध वितरण गर्दै आएको छ । यी दूध बैंकहरुमा महिलाहरुले दूध दान गर्न सक्दछन्  । वैज्ञानिक प्रक्रिया अपनाएर, उक्त दूध लामो समयसम्म स्वस्थ सुरक्षित राखिन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.