पूरा भएन विद्युत् प्रसारण लाइन

पूरा भएन विद्युत् प्रसारण लाइन

डडेल्धुरा : डडेल्धुरामा निर्माण भइरहेको ३३ केभी विद्युत् प्रसारणलाइनको काम सम्पन्न हुन सकेको छैन। डेढ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको प्रसारणलाइन पाँच वर्ष बितिसक्दा पनि पूरा नभएको हो।

डडेल्धुरा भागेश्वर गाउँपालिका–४ मा निर्माण भइरहेको सबस्टेसनका लागि प्रसारणलाइनको बिच भागमा जंगल क्षेत्र परेपछि निर्माण कार्यमा अवरोध भएको छ। डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह र नेपाल विद्युत् प्राधिकरणका बिचमा समन्वय नहुँदा प्रसारणलाइन अधुरो छ। वुडर जोगबुढा, वगरकोट आयोजनाअन्तर्गत निर्माण भइरहेको ३३ केभी विद्युत् प्रसारणलाइनका लागि गाडिएका पोलसमेत अलपत्र छन्। सबस्टेसनसम्म बागबजार बगरकोट ३३ केभी प्रसारणलाइन डेढ वर्षमा निर्माण सक्ने गरी २०७१ सालमा टेन्डर भई सम्झौता गरिएको थियो।

बागबजार बगरकोट सडक छेउमा गाडिएका पोल सडक कालोपत्रे गर्दा फालिएका छन्। पुरानो ठेक्का तोडेर नयाँ ठेक्का सम्झौता भइसकेकाले अबको चार महिनाभित्रै निर्माण सम्पन्न हुने नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरीया कैलालीका प्रमुख सतिश कर्णले दाबी गरे।

‘पहिला वनका कारण पोल गाड्न नसकिएकाले ढिलो भयो’ प्रादेशिक कार्यालय प्रमुख कर्णले भने, ‘पुरानो ठेक्का तोडेर चार महिनामा सक्ने गरी नयाँ ठेक्का सम्झौता भइसकेकाले अबको चार महिनामा ३३ केभी विद्युत् प्रसारणको काम सम्पन्न हुन्छ।’

भागेश्वर गाउँपालिकासहित अजयमेरु गाउँपालिकाका केही वडामा भइरहेको भोल्टेज कम हुँदा ३३ केभी प्रसारणलाइन जडान गरिन लागेको भागेश्वर गाउँपालिका ३ का वडाध्यक्ष राम शाहीले बताए। साथै यस क्षेत्रमा विद्युत् वितरण गर्न सही गर्ने उद्देश्यले बगरकोटमा सबस्टेसन निर्माण गरिन थालिएको हो। ३३ केभी विद्युत् प्रसारणलाइनको निर्माणमा भएको ढिलाइकै कारण ३ एमभीए क्षमताको यो सबस्टेसन सञ्चालनमा आउन नसक्दा भागेश्वर गाउँपालिकासहित अजयमेरु गाउँपालिकाका केही वडाका स्थानीयले विद्युत्को भोल्टेज कमदेखि बीच बिचमा विद्युत् जाने समस्या झेल्दै आएको स्थानीय टेक खड्काले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.