ललितपुरमा कोरोना भित्रिन नदिने तयारी

ललितपुरमा कोरोना भित्रिन नदिने तयारी

ललितपुर : गएसाता पुल्चोकको निदान अस्पतालमा अघिल्लो साता कोरोना भाइरसका एक जना शंकास्पद बिरामी देखा परे । उनलाई थप उपचारका लागि तत्काल राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकु पुर्‍याइएको थियो । ट्रेकिङ गाइड ती युवक यतिबेला स्वस्थ तन्दुरुस्त बनिसकेका छन् । उनलाई कोरोना भाइरस नलागेको पुष्टि भएको डा. सागर शाक्यले बताए । उनी काठमाडौं उपत्यकाका तीन जिल्लालाई मुख्य कार्यथलो बनाएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का लागि काम गर्छन् ।

स्वास्थ्य कार्यालय ललितपुरले आइतबार समुदाय र विद्यालय तहसम्म जनचेतना फैलाउन कार्यक्रम गरेको थियो । ललितपुरका ६ वटै नगर÷गाउँपालिकामा नर्स, डाक्टर तथा स्वास्थ्य प्रमुख सहभागी कार्यक्रमको निष्कर्ष जनमानसमा त्रास फैलाउनुभन्दा कोरोनाबारे जानकारी र सूचना दिनुपर्ने थियो । तर पूर्वसावधानीका लागि कसरी समुदाय र स्कुलसम्म पुग्न सकिन्छ भन्नेमा केन्द्रित भएको थियो ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले कोरोनाको संक्रमणबाट जोगिन जनचेतना फैलाउनु पर्ने बताए । समुदाय र स्कुलमा कोरोनाविरुद्ध पूर्वतयारी गर्न सबै स्थानीय तहलाई पहल गर्न सुझाए । उनले भने, ‘जनमानसलाई सचेत बनाऔं ।’ उनले यथार्थभन्दा त्रास फैलाइसकेका छौं कि भनेर सचेत हुन आग्रह गरे । बालबालिका, वृद्धवृद्धा, चिनी रोग, श्वासप्रश्वासका समस्या भएका र उच्च रक्तचापका बिरामीले भीडभाडभन्दा एक मिटर परै बस्न र साबुनपानीले हात धुन, हाछ्युँ गर्दा हातको प्रयोग नगर्न सिकाउन सुझाए ।

गेलालका अनुसार कोरोना भाइरस दादुराभन्दा कम सर्न सक्छ । कोरोना दुई प्रतिशत जति मात्र सर्न सक्छ । हालसम्मका १५ प्रतिशत बिरामीमा मात्र कडा खालका समस्या देखिएको उनले बताए । ‘सयमा दुई प्रतिशतभन्दा कम मृत्युदर हुन्छ ।’ कोरोना संक्रमितको मिर्गौलाले काम गर्न छाडेपछि मृत्यु हुने उनले बताए ।

तर ३८ डिग्री सेल्सियसभन्दा बढी ज्वरो आए, सास फेर्न कठिन भए, खोकी लागे तुरुन्त अस्पताल जानुपर्ने बताए । रुघाखोकी लागेको तर हालसालै चीन भ्रमण नगरेका बिरामीलाई सामान्य रुपमा हेरिने पनि उनले प्रष्ट्याए ।

काठमाडौं उपत्यकाका ५ अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा राखिएकोे छ । पाटन अस्पतालमा संक्रमितका लागि आइसोलेसन वार्ड तयार गरिएको छ । अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा.सिताराम   श्रेष्ठका अनुसार अस्पतालमा ८ बेडसहित छुट्टै कक्ष तयार छ । अस्पतालमा दुई ल्याब छन् । त्यसैमा सामान्य परीक्षणसमेत हुनेछ । तर नेपालमा टेकु अस्पतालमा मात्रै कोरोना परीक्षण गर्न सकिने उनले जानकारी दिए । बिरामी तथा डाक्टरले लगाउने पोसाक पनि तयार राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.