गुम्बा स्कुल छोडेर हिमाल आरोहरणतिर

गुम्बा स्कुल छोडेर हिमाल आरोहरणतिर

जोमसोम : मुस्ताङको लोमान्थाङ गाउँपालिका १ स्थित दुरदराजको एउटा गाउँ छ,त्यो गाउँ हो न्यानोल । साविक वडा ८ मा पर्ने न्यानोल गाउँ मुस्ताङको उत्तरी चीनको स्वशासितक्षेत्र तिब्बतको कोरलानाका नजिकै पर्छ । त्यही गाउँमा जन्मे हुर्केका एक युवा हुन् छिमी  लुन्ढुप गुरुङ । 

गुरुङ अहिले हिमाल आरोहरणका लागि सक्रिय पथप्रर्दशकको पेशामा छन् । पर्यटकको पथप्रर्दशक भएर उनले ३ पटक सम्म विश्वकै अग्लो उचाइमा अवस्थित सर्वोच्च शिखर सगरमाथा आरोहरणको यात्रा ३ पटकसम्म पुरा गरे भने अरु स-साना हिमाल पनि उनले आरोहरण गरेका छन्।

उपल्लो मुस्ताङको न्यानोल गाउँका एक विपन्न र साधारण परिवारका छिमी लुन्ढुप गुरुङ बाल्यकालमा लोमान्थाङको छोदे गुम्बा स्कुलमा पढे । उपल्लो मुस्ताङमा धेरैजसो अभिभावकले बालबालिकालाई लामा स्कुलमै पढाउने चलन छ ।

उनलाई पनि अरु जस्तै उनका अभिभावकले लामा बनाउने उद्देश्यले गुम्बा स्कुलमा पढाएका थिए। गुम्बा स्कुलमा ७ कक्षा पढ्दै गरेका छिमी लुन्ढुप गुरुङको सोचमा परिवर्तन आयो । पढाइमा केही कमजोर देखिएका उनले गुम्बा स्कुलको पढाइलाई ७ कक्षामै पूर्ण बिराम लगाउन पुगे ।

त्यसपछि पढाइ छाडेका उनले त्यही गुम्बाको रेखदेख गर्ने जागिरे भए । सुरुवाती चरणको मासिक ३ हजार पारिश्रमिकमा काम गरेका उनको तलब वृद्धि हुदै ७ हजारसम्म पुग्यो तर ,यसले उनलाई सान्त्वना दिन सकेन् । त्यसपाछि गुम्बाको जागिर छाडेर गन्तव्य खोज्दै उनी २०६८ सालमा काठमाडौं हानिए।

गाउँ छोडेर काठमाडौं पुगेका छिमी लुन्ढुप गुरुङको कथाले हिमालसँगको सम्बन्धलाई अगाडि बढायो । काठमाडौंमा उनले दोलखा घर भएकी तेम्बा छुक्ती शेर्पासँग विवाह पनि गरे । 

हिमाल आरोहरणमा प्रसिद्ध जाती हो शेर्पा । विवाहपछि उनको मनमा नयाँ परिकल्पना जाग्यो। त्यो थियो, हिमाल चढ्ने र मुस्ताङ जिल्लालाई चिनाएर छाड्ने । उनका जेठान पेमा छिरिङ शेर्पा पनि पर्यटक पथप्रर्दशकको रुपमा ट्रेकिङ व्यवसायमै लागेकाले उनलाई हिमाल आरोहरणको ढोका खुकुलो पारिदियो । श्रीमती र जेठानको सहयोगमा उनी २०६९ सालमा ट्रेकिङ पेशामा होमिए । अनि सुरु भयो हिमाल चढ्ने उनको यात्रा ।

हिमाल चढ्नु आफैमा जोखिम र चुनौतिपूर्ण काम हो । यसका लागि बलियो आत्मविश्वास चुनौतिको सामना गर्न सक्नुपर्छ । उनले पथप्रर्दशक भएर हिमाल चढ्न खोज्दा धेरै आरोह÷अवरोह र दुर्घटनाको सामना गरे। तर, यसबाट उनी कहिल्यै बिचलित भएनन् । बरु हिमाल यात्राका चुनौतिले झन् आत्मविश्वास बढाइ दियोकी एकपटक सगरमाथा चढेर छाड्नेछु। 

पहिलो पटक हिमाल आरोहरणमा सरिक हुँदा भान्से भएर काम सुरु गरे । हिमाल चढ्नेलाई खाना पकाउने र उनीसँगै हिमाल आरोहरणको अभ्यास थाले । यसअघि उनले विभिन्न हिमाल आरोहरण गर्ने ट्रेनिङ सेन्टरमा कोर्स पुरा गरे । 

आरोहरण भान्से भएर लाग्दा सगरमाथाको क्याम्प ४ सम्म पुगे ।२०७० सालमा खुम्बु आइसफलसम्म पुगे ।उनी खुम्बु आइसफलमा रहँदा हिमपहिरो आउँदा आरोहरण दलका १६ जनाले ज्यान गुमाएको उनले बताए ।उनले उक्त यात्रामा आफू संयोगले बाच्न पुगेको सुनाए । 

यसपछि २०७२ सालमा सगरमाथा आरोहरणमा हानिएका छिमी लुन्ढुप गुरुङको यात्रामा भूकम्प बाधक बन्यो । भूकम्पले हिमपहिरो जाँदा ठूलो दुर्घटना व्यहोर्नु परेको उनले सुनाए ।'सरगमाथाको उचाइमा पुग्दै थियौं ,हिम पहिरो आयो, उनले भने, 'आरोहरणमा गएका सबै अत्तालियौं ।कतिलाई हिमपहिरोले पुर्‍यो, कोही घाइते भए ,मैले पनि मृत्युलाई जिते ।'

लगातार हिमाल आरोहरण तेश्रो यात्रा बिफल भएपनि हिमाल चढ्ने काम छोड्न परिवारले सुझाए ।तर, म भने हिमाल चढ्ने पेशाबाट अलग्गिन सकेन। उनले भने, 'म जसरी पनि हिमाल चढेरै छोड्छु । चुनौति देखेर भाग्दिन । बरु हिमालमै किन ज्यान नगुमाउ,एकपटक हिमाल चढेरै छाड्छु भन्ने अठोट लिए।'

यसपछि उनले २०७३ साल बैशाखमा पहिलो पटक सगरमाथा आरोहरण गरे । पहिलो सगरमाथा आरोहरणबाट हौसिएका उनले त्यसपछि ३ पटक सगरमाथा आरोहरण गरेको बताउँछन् । पछिल्लो समय उनले ८ हजार २ सय ६३ मिटर अग्लो मनास्लु हिमालको आरोहरण पुरा गरेका छन् ।

हिमाली पथप्रर्दशकको काम गर्दै आइरहेका मुस्ताङी युवा छिमी लुन्ढुप गुरुङ आफ्नो पेशामा सन्तुष्ट भएको सुनाउँछन् । बर्सेनि २ देखि-४ पटकसम्म आरोहरण यात्रा गर्ने उनले आरोहरण गर्न लामो तैयारी पूरा गर्नुपर्ने जानकारी दिए । उनले पर्वतारोहणका क्रममा मासिक १ लाखदेखि डेढलाखसम्म कमाइ हुने गरेको बताए । उनले कमाएको पैसा परिवारकै लागि खर्च हुने गरेको भएपनि हिमाल चढेरै मुस्ताङको नाम विश्वसामु चिनाउन लागिपरेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.