पूर्व सचिव कार्कीको घरमा कामदार मृत फेला, श्रीमती अचेत
काठमाडौं : पूर्व सचिव अर्जुन कार्कीकी पत्नीको हत्या प्रयास भएको छ। सोमबार बिहान ललितपुरको सानेपास्थित आफ्नै निवासमा पत्नी मुना कार्कीलाई अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनलाई बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि ललितपुरस्थित स्टार हस्पिटलमा लगिएको ललितपुर प्रमुख एसएसपी टेक राईले जानकारी दिए।
कार्कीको घरमा काम गर्ने कामदार मृत अवस्थामा फेला परेका छन्। कामदार झुण्डिएको अवस्थामा फेला परेको राईले बताए । घटनास्थलमा महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परीसर ललितपुरको टोली खटिएर मुचुल्का बनाउँदै छ। घटना शंकास्पद भएकाले अनुसन्धान सुरु गरिएको ललितपुर प्रमुख एसएसपी राईले जानकारी दिए। घटना कसले र किन गरायो भन्ने खुलेको छैन।