‘शताब्दीपुरुषको जीवनी पाठ्यक्रममा समेट्नुपर्छ’

‘शताब्दीपुरुषको जीवनी पाठ्यक्रममा समेट्नुपर्छ’

ललितपुर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानका लागि पाठ्यक्रममा उनको जीवनी समेट्नुपर्ने बताएका छन्। शिक्षाको ज्योति छर्न ७० वर्षदेखि जोशीले गरेको योगदानको पोखरेलले प्रशंसासमेत गरे।

ललितपुर महानगरपालिकाको नटोलमा रहेको शान्ति विद्या श्रम माध्यमिक विद्यालयद्वारा शताब्दीपुरुष सत्यमोहन जोशीको जन्मशताब्दी समारोहमा पोखरेलले जोशीको योगदान पाठ्यक्रममै समेटिनुपर्ने धारणा व्यक्त गरे। २००७ सालमा स्थापित शान्ति विद्या श्रम माध्यमिक विद्यालयका संस्थापक सदस्यसमेत हुन्। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ०७६ देखि ०८५ सालसम्ममा सामुदायिक विद्यालयलाई दिशानिर्देश गरिसक्ने दाबी गरे। उनले भने, ‘जुन दिशामा लैजान चाहेका छौं। गन्तव्यमा पुर्‍याइसक्छौं।’ ग्रेडिङ सिस्टममार्फत विद्यालयको मूल्यांकनसमेत भइरहेको उनले बताए। रोटरी क्लब अफ ललितपुर तथा ललितपुर महानगरको सहयोगमा निश्चित अवधिका लागि नेपालभाषाको कक्षा सञ्चालन भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजरमान जोशीले जानकारी दिए।

शताब्दीपुरुष जोशीका नाममा प्रत्येक वर्ष पुरस्कारसमेत वितरण गर्ने विद्यालयले जनाएको छ। कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा ९१ लाख ९२ हजार लागतमा बनेको ६ कोठे तीनतले भवन उद्घाटन गरिएको थियो। मन्त्री पोखरेल, जिल्ला शिक्षा आयोजना कार्यन्वयन इकाइ ललितपुरका प्रमुख गुणराज पोखरेलले विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरेका थिए। उक्त भवनमा ‘सत्यमोहन जोशी सभा हल’ समेत निर्माण गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.