यसरी समातिए बम विष्फोटका मुख्य योजनाकार

यसरी समातिए बम विष्फोटका मुख्य योजनाकार

राजविराज : इन्स्पेक्टरसहित तीन जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनाका मुख्य योजनाकार प्रतिबन्धित नेकपाका प्रदेश कमिटी व्युरो सदस्य सप्तरीबाट पक्राउ परेका छन्। हत्या, बम बिस्फोट, ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्दामा फरार रहेका धनुषाको धनुषाधाम नगरपालिका– ६, सरस्वतीपुरका ३४ वर्षीय इन्दल साहलाई डर–धम्की दिँदै चन्दा असुल्न गएका बेला सुरुङ्गा नगरपालिका ६ श्रीपुरबाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित भिखारी साहको घरमा मङ्सिर २७ गते राति भएको बम बिष्फोटलगायतको घटनाको मूख्य योजनाकार साह प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका आरोपित हुन्। साहको घरमा भएको बम विस्फोटमा परी घरधनी भिखारी साहका छोरा राजेश साह र निजको छोरा आनन्दकुमार साहको घटनास्थलमै र इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत इन्स्पेक्टर अमिरकुमार दाहालको उपचारका क्रममा मङ्सिर २८ गते मृत्यु भएको थियो। 
बम विस्फोटमै परेर राजेशका बुवा भिखारी साह, राजेशका छोरा प्रकाश साह, राजेशकी छोरी अञ्जली साह, निक्की साह, सकिला खातुन, अकवर मन्सुर र प्रहरी जवान रिजनाथ महतो घाइते भएका थिए।

घटनापछि अर्का आरोपित विप्लव समुहका केन्द्रीय सदस्य आदम राइनलाई धनुषा प्रहरीले पुस १६ गते पक्राउ गरेपछि प्रहरीबाट जोगिन साह सप्तरीमा खटिएका थिए। उनले बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतबाट साढे एक महिना अघि कार्यकर्ता भेलाका लागि भन्दै २४ हजार सात सय चन्दा असुलेका थिए। उक्त रकम साहले आइएमईमार्फत सुरुङ्गा नगरपालिका ८ का ५५ वर्षीय मुसहरु रामबाट निकाल्न लगाए। अध्यक्ष गोइतको घरमा जेठ ३ गते राति प्रेसर कुकर बम विष्फोट भएको थियो। 

यसैगरी सुरुङ्गा नगरपालिका वडा नम्बर ६ को कार्यालय रहेको घरधनी केश्वर साहसँग नगद दुई हजार पाँच सय उठाएका साहले केश्वर र वडा अध्यक्ष लिलाकान्त चौधरीसँग पछिल्लो समय जनही एक लाख फिरौती माग गर्दै आएका थिए। तीन दिन अघि आएका इन्दलले चन्दा रकम नपाएपछि बुधबार पुन चन्दा रकम लिन उनी वडा कार्यालय रहेको केश्वरको घर पुगेका थिए।

यता गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट सप्तरीमा विप्लव समूहको चन्दा आतंक बढेको जानकारी पाएपछि सप्तरी प्रहरीले निगरानी बढाएको थियो। सादा पोशाकमा समेत परिचालित प्रहरीले सुक्ष्म निगरानी गरिरहेको बेला चन्दा लिन पुगेका साह पक्राउ परेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए।

पक्राउ परेका साहको साथबाट आइएमईमार्फत रकम उठाएको नम्बर र केश्वरले मोबाइल नम्बर लेखेर मुसहरु रामलाई दिएको कागजसमेत फेला परेको छ। सप्तरीका विभिन्न व्यक्तिलाई डर त्रास देखाउँदै चन्दा रकम असुल्न साहलाई सहयोग गर्नेहरुको खोजी भइरहेको एसपी कृष्ण प्रसाईले बताए। पक्राउ परेका साहलाई मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालय धनुषा बुझाइएको छ।

सरकार विरोधी पर्चा बाड्दै हिँडेको आरोपमा साह यसअघि ०७५ भदौ २८ गते गोविन्द सदा, अनिता सदा, ज्ञानुदेवी सदासँगै सिरहाको लहान नगरपालिका १३ पक्की टोलबाट पक्राउ परेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.