पनेरु अर्थमा : समान्यका प्रवक्ता मलेनिका
काठमाडौं : सरकारले १६ जना सहसचिवको सरुवा र हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत केदार पनेरु अर्थ मन्त्रालयमा सरुवा भएका छन्। सामान्यकै प्रवक्ता भुपाल वराल महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ। राष्ट्रिय दलित आयोगका सुशील ढकाललाई राष्ट्रिय कितावखानाको महानिर्देशक बनाइएको छ।
मन्त्रीपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो। सहसचिवहरु उमेश बस्नेत,ठाकुर सिग्देल,खड्ग बहादुर कार्की,हरि बखती,कृष्णप्रसाद धिताल,भीष्म न्यौपाने,वासुदेव शर्मा, टीकाराम ज्ञवाली, तेजराज पाण्डे, शंकरप्रसाद सुवेदी, आनन्द सारू, कृष्णकान्त उपाध्याय र उपेन्द्र खनालको सरुवा र हेरफेर गरेको छ।
नाम कार्यरत सरुवा
२. भुपाल बराल सामान्य प्रशासन महालेखा नियन्त्रक कार्यालय
३.उमेश बस्नेत जनकपुर उपमहानगरपालिका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
४. खड्ग बहादुर कार्की जितपुर सिमरा उपमहानगरपालिका मधेशी आयोग,
५. ठाकुर सिग्देल प्रदेश प्रमुखको कार्यालय प्रदेश नं १ विराटनगर प्रदेश प्रमुखको कार्यालय, प्रदेश नं ६ सुर्खेत
६.हरि बखती धनगढी उपमहानगरपालिका कैलाली राष्ट्रिय समावेशी आयोग
७.कृष्ण प्रसाद धिताल वीरगन्ज महानगरपालिका पर्सा राष्ट्रिय दलित आयोग
८. भीष्म न्यौपाने विराटनगर महानगरपालिका मोरङ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
९.वासुदेव शर्मा राष्ट्रिय समावेशी आयोग, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समुह)
१०.सुशील ढकाल राष्ट्रिय दलित आयोग राष्ट्रिय कितावखाना
११.टिकाराम ज्ञवाली घोराही उपमहानगरपालिका दाङ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
१२. तेजराज पाण्डे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश २ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय( अतिरिक्त समूह)
१३.शंकरप्रसाद सुवेदी सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेश सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय( अतिरिक्त समूह)
१४. आनन्द सारू प्रदेश प्रमुखको कार्यालय प्रदेश नं ६ सुर्खेत तुलसीपुर उपमहानगरपालिका दाङ
१५. कृष्णकान्त उपाध्याय तुलसीपुर उपमहानगरपालिका प्रदेश प्रमुखको कार्यालय, प्रदेश नं ५ बुटवल
१६.उपेन्द्र खनाल हेटौडा उपमहानगरपालिका उपराष्ट्रपतिको कार्यालय