दिलिप हत्याकाण्ड : रिहा लगत्तै पुनः पक्राउ

दिलिप हत्याकाण्ड : रिहा लगत्तै पुनः पक्राउ

 जनकपुरधाम : अवैद्य उत्खनन्को विरोध गर्दा ज्यान गुमाएका दिलिप भनिने ओमप्रकाश महतो हत्या काण्डमा मुछिएका तीनजना रिहा लगत्तै पुनः पक्राउ परेका छन्। जिल्ला अदालत धनुषाबाट गत बुधबार धरौटी तारेखमा रिहा भएका तीन जनालाई प्रहरीले पुनः पक्राउ गरेको हो। 

हत्या प्रकरणमा मुछिएका दिलिपका साथी रोशनकुमार यादव, सहयोगी जितेन्द्र भनिने सत्यनारायण महतो र बृजमोहन भनिने शत्रुधन महतोलाई २५÷२५ हजार धरौटी तारेखमा रिहा भएको एक मिनेटमै पुनः पक्राउ गरेको हो। 

पुनः पक्राउ परेका तीनै जनालाई शुक्रबार सार्वजनिक शान्ति सुरक्षाको कसुर अन्तर्गत जिल्ला प्रशासन कार्यालय मार्फत म्याद थप गरि थप अनुसन्धानका लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

धनुषाको मिथिला नगरपालिकामा टिपरले किचेर हत्या अभियोगमा पक्राउ परेका छजना मध्ये तीन जनालाई जिल्ला अदालत धनुषाले २५-२५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अभियुक्तलाई रिहा गर्न आवश्यक कागजी प्रक्रियाको क्रममा अभियुक्तहरुले हो–हल्ला तथा शान्ति सुरक्षा भंग हुने कदम उठाएकोले पक्राउ गर्नुपरेको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए। 

गत बुधवार अदालतले धरौटी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ नम्बर बमोजिम हत्यामा संलग्न विश्वास लायक प्रमाण पेश गर्न नसकेको भन्दै तीनै जनालाई धरौटी तारेखमा रिहाको आदेश दिएको थियो। जिल्ला अदालतको आदेश उपर चित नबुझेको भन्दै धनुषाले सरकारी वकिलमार्फत उच्च अदालत जाने गरेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.