विराट एक्स्पो सुरु
विराटनगर : नौं दिने विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ।
स्थानीय उत्पादनको प्रवद्र्धन र लगानी मैत्री वातावरण निर्माण गर्ने उदेश्यले आयोजना गरिएको सो अन्तर्राष्ट्रिय सम्मेलनमा तीन सय ४० वटा विभिन्न स्टल राखिएको छ। उद्योग संगठन मोरङको आयोजना भएको सम्मेलनको शुभारम्भ संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले गरे।
कृषि र औद्योगिक उत्पादनको बजारीकरण गर्नुको साथै उत्पादन वस्तुलाई उपभोक्ता संग जोड्ने गरी आयोजना गर्न आयोजना गरिएको एक्स्पोको प्रदर्शनीमा नेपालसहित विभिन्न देशका ३ सय ४० स्टल रहने मध्ये ४० स्टल विदेशी मुलुकका स्टल रहेको मुल आयोजक समिति संयोजक भोलेश्वर दुलालले जानकारी दिए।
उनका अनुसार एक्स्पोमा कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनका १ सय ६०, अटोमोवाईल्सका ३८, खाद्यान्नका १२, वैंक तथा विक्तिय सस्था, सूचना तथा जनचेतामूलक २० र खानेकुराका १० स्टल रहेका छन्।
प्रदर्शनी फागुन १० गतेसम्म सञ्चालन हुनेछ। ‘आर्थिक विकासको मूल आधार उद्योग, पर्यटन, कृषि र व्यापार’ मूल नाराका साथ सञ्चालन भएको सो एक्स्पोको ३ लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको दावी रहेको छ।
औद्योगिक उत्पादन र प्रविधि प्रवद्र्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यावसायिक उत्पादनमा जोड, कृषिमा यान्त्रिकीकरण, उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार गरिने लक्ष्य रहेको एक्स्पो शुभारम्भ गर्दे अर्थमन्त्री खतिवडाले उद्योगीलाई साझा एजेन्डा बनाएर आए जुनसुकै सहयोग गर्न संघीय सरकार तयार रहेको अश्वासन दिए।
उनले नीजी क्षेत्रसँग आवद्ध र निर्भर रहेकाले साझा धारणा बनाउनु पर्ने उनले बताए। उद्योगी चार प्रकारका धारणा लिएर आउने गरेकाले सरकार अलमलमा पर्ने गरेकाले एक भएर साझा समास्या लिएर आउन आग्रह गरे।